काठमाडौं,चैत्र ९, स्मार्ट अक्षर संम्वाददाताः सेयर बजारमा बुधबार करेक्सन देखिएको छ । नेप्से सूचक दोहोरो अंकले घट्दा कारोबार रकम पनि करिब २ अर्ब रुपैयाँमा खुम्चिएको छ । यस दिन नेप्से सूचक २०.३४ अंकले घटेर २६३०.३६ विन्दुमा अडिएको छ । यसअघि २ दिन लगातार अपट्रेन्डमा गएको नेप्से बुधबार भने केही घटेको छ । बजारले यसअघि २६ सयलाई बटम बनाएर फर्किएको थियो । तर त्यसयता पनि सूचक खासै धेरै माथि जान भने सकेको छैन । बुधबार दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्रिय उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ्ग नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । कुल २२६ कम्पनीको ३९ लाख ८५ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् ।
नियमित कारोबार हुने १३ समूह मध्ये २ वटा बाहेक बाँकी सबै समूह राता भएका छन् । खरिदबिक्री रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जीवन विकास लघुवित्त र अरुण भ्याली हाइड्रोपावर परेका छन् ।

Comments