Sunday, April 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सेयर बजारको उकालो यात्रा मंगलबार पनि निरन्तर

Tuesday, March 22, 2022
993
VIEWS
Website Development Website Development Website Development
काठमाडौं,चैत्र ८, स्मार्ट अक्षर संम्वाददाताः  सेयर बजारको उकालो यात्राले मंगलबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक १६.०४ अंकले बढेर २६५०.७० विन्दुमा आएको छ । २ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । इमर्जिङ नेपालको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ । सोमबारदेखि बजारले विस्तारै सकारात्मक लय समात्न थालेको हो । बजारले २६ सयको विन्दुमा बटम लगाएपछि सुस्तरुपमा माथितिरको यात्रा तय गरिरहेको छ । बजार क्रमशः बढ्छ वा केही समय साइडवेजमा बस्छ भनेर लगानीकर्ता र विश्लेषकहरुले चासोका साथ हेरिरहेका छन् ।

करिब ८ महिनायता नेप्से सूचक करेक्सनकै क्रममा रहेको छ । यसअघिको ३२ सय उच्च विन्दुलाई नेप्सेले अहिलेसम्म क्रस गर्न सकेको छैन । सोही कारण यो चरणलाई करेक्सन पिरियड मानिएको हो । चुनावी माहोल नजिकिंदै जाँदा पनि बजार अझै अपेक्षा अनुसार बढ्न सकेको छैन । चुनावी चहलपहलले बजारमा पैसा ल्याउने र त्यसको सकारात्मक प्रभाव पर्ने आम अपेक्षा पूरा भइसकेको छैन । कतिपयले भने चुनावमा खर्च हुने ठूलो रकम बैंकिङ प्रणालीमा नआएको र बाहिरबाटै खर्च हुन सक्ने पनि आँकलन गरेका छन् ।
चर्को ब्याजदर, तरलता अभाव र केन्द्रीय बैंकको कतिपय नीतिहरुले पनि सेयर बजार केही मारमा परेको अवस्था छ । तथापि, यी समस्याहरु सुरु भएको पनि लामो समय पूरा भइसकेको छ । अब बजारले विस्तारै यी समस्याहरुसँग मुकाबिला गर्दै अघि बढ्ने कतिपयको भनाई रहेको छ ।

केहीले भने बैंकिङ प्रणालीमा पर्याप्तमात्रामा तरलता देखिएपछि बजारले गति लिने विश्लेषण गरिरहेका छन् । निरन्तर घटेको बजार विस्तारै माथि लाग्ने प्रयास गर्नुले सकारात्मक संकेत दिन्छ । तथापि, लगानीसम्बन्धी निर्णय लिंदा लगानीकर्ताले स्वअध्ययन गर्नु आवश्यक हुनेछ । लगानीकर्ताले कुन उद्देश्यले सेयर किन्ने हो ? आफू इन्भेष्टर कि ट्रेडर भन्नेसमेत ध्यान दिंदै सोही अनुसार रणनीतिहरु तय गर्नुपर्ने हुन्छ ।

सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् । यसैगरी, लगानी गरिने क्षेत्र तथा समूहहरुको तुलनात्मक अध्ययन, इन्डस्ट्री ग्रोथ रेट लगायतका सूचकहरुमा पनि लगानीकर्ताले अध्ययन गर्नुपर्ने हुन्छ । ब्लुचीप कम्पनी छान्ने कि ग्रोथ ओरियन्टेड कम्पनी छनोट गर्ने भन्नेमा पनि योजना बनाउन विश्लेषकहरुले सुझाव दिने गरेका छन् ।
यसैगरी, उक्त कम्पनीको वित्तीय विवरण, नाफा, रिजर्भ, खुद ब्याज आम्दानी, वितरणयोग्य नाफा, इपीएस, पीइ रेसियो, नेटवर्थ लगायतका महत्वपूर्ण सूचकहरु पनि ख्याल गर्न सके लगानीसम्बन्धी निर्णय लिन सजिलो हुनेछ । २३५ कम्पनीको ५३ लाख २९ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १५ करोड ३३ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा प्रभु इन्सुरेन्सको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र शिवम् सिमेन्ट्स रहेका छन् ।
Comments
Order Cake Order Cake Order Cake
Share

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki