
काठमाडौं,चैत्र ६, स्मार्ट अक्षर संम्वाददाताः साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १४.६७ अङ्कले घटेर २ हजार ६१६ .५८ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत कूल २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा २ अर्ब २७ करोड ४६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यस कम्पनीको ३४ करोड ३६ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार २ सय ५१ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : जीवन विकास लघुवित्त र नेपाल दूरसंचार कम्पनीको कारोबार भएको छ ।
आइतबारको कारोबारमा १३ वटै उपसुचकमा एउटा उपसुचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ । आज नेप्सेमा राष्ट्रिय उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने मैलुङ्ग खोला जलबिधुत र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले अधिक गुमाएका छन् ।







