काठमाडौं,चैत्र ४, स्मार्ट अक्षर संम्वाददाता ः अपि पावर कम्पनीले हकप्रद सेयरको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीको आज चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। तसर्थ, चैत ११ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको ३९.३६% हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले १०ः३.९३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्रीप्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । कम्पनीले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।







