काठमाडौँ – राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा नेपालले आज आन्दोलनको कार्यक्रम तय गर्ने भएको छ। जसका लागि राप्रपाको आन्दोलन मुल समितिको बैठक आज बस्दैछ। मंगलबार बिहान ११ः०० बजे धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा सो बैठक बस्नेछ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आजको बैठकमा आन्दोलन मूल समितिको बैठकमा आन्दोलनका प्रस्तावित कार्यक्रम पेश हुने र कार्ययोजनाको मस्यौदाका बारेमा छलफल हुनेछ।
जुन कार्यक्रम र मस्यौदा हिजो बसेको पदाधिकारी बैठकले अनुमोदन गरेको थियो। जो आज आन्दोलन मुल समारोह समितिको बैठक पेश हुनेछ।
गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको नाम दिएको सन्देश तथा फागुन १५ गते त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उनको भब्य स्वागत भएपछि उत्साहित राजावादीहरू आन्दोलनका बिभिन्न मोर्चा बनाउने तयारीमै रहेको बेला यो आन्दोलनको परिष्कृत खाका तयार गर्न लागेका हुन्।







