Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

पूर्वराजाको स्वागतमा आज काठमाडौंमा राजावादीहरुले शक्ति प्रदर्शन गर्दै

Sunday, March 9, 2025
पूर्वराजाको स्वागतमा आज काठमाडौंमा राजावादीहरुले शक्ति प्रदर्शन गर्दै
4.5k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरुले काठमाडौँमा शक्तिप्रदर्शनको तयारी गरेका छन्।

पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज अपरान्ह काठमाडौं आउन लागेका छन्। यसैअवसरमा राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईंले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन्।

फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरु उत्साहित हुँदै आफ्नो अभियानलाई तिब्र बनाइरहेका छन्।

Order Cake Order Cake Order Cake

पूर्वराजाको अपिलले राजवादीहरु हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरु पनि तरंगित हुदै पूर्वराजालाई चेतावनी दिइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पुर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन्।

सरकारले आजको राजवादीहरुको शक्ति प्रदर्शनमा विशेष नजर राख्दै काठमाडौँको सुरक्षा व्यवस्था कडा पारेको छ। सरकारी पक्षको आजको प्रदर्शनमा करिब १० हजारको उपस्थिति हुनसक्ने आकलन रहेको गृह स्रोतले जानकारी दिएको छ।
पूर्वराजा शाह आज पोखराबाट काठमाडौं आउँदैछन्। आजै राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आमसभा राखेको थियो। तर, बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले आमसभा स्थगित गर्ने र पूर्वराजाको स्वागतमा विमानस्थलमा उपस्थित हुन आह्वान गरेको छ।

‘पोखराबाट राजाको उक्त सन्देश पछिको पहिलो काठमाडौंं फिर्ती सवारीमा नागरिक समाजबाट हुने स्वागत कार्यक्रमलाई ध्यानमा राख्दै यही फागुन २५ गते काठमाडौंमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने र राजाको स्वागतार्थ त्रिभुवन विमानस्थलमा भेला हुन पार्टीपंक्ति र आम जनसमुदायलाई आह्वान गरिएको छ,’ राप्रपा बैठकको निर्णयमा भनिएको छ।

गणतन्त्रमा सामान्य नागरिक सरह रहेका राजाको अभिव्यक्तिले दलीय राजनीतिभित्र ठूलै ज्वारभाटा ल्याउने गरेको छ। फागुन ७ मा प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देश जारी गर्दै आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिएका थिए।

पूर्वराजाले राजनीतिक सक्रियता देखाएको भन्दै प्रधानमन्त्रीसहित सत्तासिन र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताले राजनीति गर्ने भए दल खोलेर चुनावमा आउन चुनौती दिइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौती दिँदै आएका छन्।

यसरी राजावादीहरु पूर्वराजाको बक्तव्यबाट हौसिँदा गणतन्त्रवादीहरु भने आत्तिएको देखिएको छ। पूर्वराजाको अभिव्यक्तिप्रति चर्को टिप्पणी भइरहेको छ। पूर्वराजाको अभिव्यक्तिप्रति विरोध गर्नेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का अध्यक्ष डा। बाबुराम भट्टराईदेखि प्रधानमन्त्री केपी शर्मा ओली र एमाले महासचिव शंकर पोखरेल अग्रस्थानमा छन्।

एमाले महासचिव पोखरेलले सामाजिक संजालमार्फत गणतन्त्रको विकल्प राजतन्त्र हुन नसन्दै भन्दै बेला बेलामा स्टाटस लेख्ने गरेका छन्। शुक्रबार पनि महासचिव पोखरेलले यही आशयको पोस्ट गरेका छन्।

‘‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्। तर, गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन। अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो। जनआन्दोलनबाट फ्याँलिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौं,’ उनले लेखेका छन्।

पूर्वराजाको सन्देशको प्रतिक्रिया प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत दिएका छन्। बिहीबार महोत्तरीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले राजतन्त्र ब्युँतने सपना नेदेख्न आग्रह गर्दै मुलुकमा अब अराजकता, बलमिच्याँइ र जालझेल नचल्ने चेतावनी दिए। उनले मुलुकमा अब राजतन्त्र नफर्कने दाबी गर्दै सबै संविधान अनुसार चल्नुपर्ने बताएका थिए।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लेखेका छन्(अहिले कुनै दल वा व्यक्तिमाथि मात्र हैन जननिर्वाचित संविधानसभाबाट बनेको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डतामाथि प्रहार भैरहेछ। कुशासन, भ्रष्टाचार, वेरोजगारी, महँगी,आर्थिक संकट विरूद्ध आक्रोशित जनमतलाई प्रतिगमनतिर सोझ्याउने कसरत भैरहेछ।बाहिरबाट हेर्दा मिल्नै नसक्ने जस्ता पात्रहरू यो प्रतिगमनकारी हर्कतनिम्ति विभिन्न रूपले परिचालित भैरहेछन्। बेलैमा सतर्क रहौं१ सम्भावित जनआक्रोशलाई पश्चगमनतिर हैन अग्रगमनतिर डोर्याऊँ१ भोलि धेरै ढिलो हुनसक्छ१’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको बलबाट गलहत्याइए सामन्ती प्रेतहरुले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिए।

नेपाली जनताले परास्त गरिसकेका तत्वहरुले कहिलेकाही टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै उनले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न चेतावनी दिए। अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो नहुने बताए।

उनले कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएकाले यसको रक्षा, प्रयोग र विकास गर्न जनता र जनताको शक्ति माओवादीलाई बलियो बनाउनुपर्ने बताए।

यसैबीच, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान स्थगित गरेको छ। झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान शनिबार रौतहट पुगेर स्थगित भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राजावादीहरू सल्बलाएको भन्दै ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ स्थगित गर्ने निर्णय गरेको बताइएको छ।

Comments
Share
97
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki