Tuesday, January 20, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सामाजिक सञ्जाल विधेयक संशोधन गर्न माग गर्दै नागरिक संवाद

Wednesday, February 12, 2025
सामाजिक सञ्जाल विधेयक संशोधन गर्न माग गर्दै नागरिक संवाद
3.6k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – सरकारले राष्ट्रियसभामा पेस गरेको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले नागरिक संवाद थालेको छ । समाजले मंगलबार तेह्रथुम र रुपन्देहीमा नागरिक संवाद कार्यक्रम गरेको छ ।

विधेयकका व्यवस्थाहरूबारे सबै नागरिकले थाहा पाउनुपर्ने र त्यसका प्रतिगामी व्यवस्थाहरू हटाउन माग गर्नुपर्ने आवश्यकता देखिएकोले समाजले नागरिकस्तरमा संवाद कार्यक्रम थालेको समाजका उपसभापति लक्ष्मीनारायण मिश्रले बताए । तेह्रथुमको म्याङलुङमा भएको कार्यक्रममा सहभागीहरूले सरकारले अघि सारेको उक्त विधेयक मौलिक हकको हनन् गर्ने गरी आएको भन्दै सच्याउन माग गरे ।

कार्यक्रममा तेह्रथुम बारका अध्यक्ष अधिवक्ता डिकबहादुर कार्की, नागरिक समाजका अगुवा कपिलदेव सिंघक लगायतले सामाजिक सञ्जालमा देखिएको विकृति नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता भएपनि अहिलेको प्रस्तावित कानून स्वीकार गर्ने अवस्था नरहेको बताए ।

कार्यक्रममा उपसभापति अधिवक्ता मिश्रले उक्त विधेयकका व्यवस्थाहरूबारे कार्यपत्र प्रस्तुत गरेका थिए । ‘यो विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी छ । यसले थुप्रै मौलिक हकबाट प्राप्त नागरिकको अधिकार खुम्च्याउने देखिएको छ, यसलाई सच्याएर जानुभन्दा फिर्ता लिएर पुनर्लेखन गर्नु उपयुक्त हुन्छ,’ उनको भनाइ छ । सरकारले विधेयक राष्ट्रिय सभामा पेश गरेको लगत्तै उक्त विधेयक नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेसमैत्री नभएको समाजको ठहर थियो । विधेयकमा आवश्यक सुधार नगरे समाजले थप संघर्षका कार्यक्रम लिएर अघि बढ्ने शान्ति समाज तेह्रथुमका सभापति शंकर जोशीले बताए ।

मंगलबार नै रुपन्देहीमा पनि शान्ति समाजको जिल्ला शाखाले नागरिक संवाद गरेको छ। सहभागी नागरिक समाजका अगुवाहरूले यो विधेयक फिर्ता नभए आन्दोलन गर्नुपर्ने धारणा राखे । कार्यक्रममा लेखक ऋषि आजाद, शान्ति समाजका पूर्वसभापति गोविन्द खनाल, कांग्रेस नेता युवराज गिरी लगायतले विधेयकका व्यवस्थाहरूले नागरिकका मौलिक हकको सुनिश्चततामा प्रश्न उठाएका बताए । सरकारले यसलाई संशोधन गर्नुपर्ने, नभए आफूहरू संघर्षमा उत्रिने बताए ।

Comments
Order Cake Order Cake Order Cake
Share
78
Shares

Related Posts

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

एमाले अध्यक्ष ओलीले जाँदाजाँदै पनि  प्रतिनिधिसभा पुन:स्थापनालाई असंवैधानिक कदमको संज्ञा दिए
ताजा अक्षर

आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

ग्वार्कोमा बनेको ‘ओभरपास’मा आजदेखि गाडी चल्ने
ताजा अक्षर

ग्वार्कोमा बनेको ‘ओभरपास’मा आजदेखि गाडी चल्ने

मन्त्रीको राजीनामासँगै शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास अलपत्र
ताजा अक्षर

मन्त्रीको राजीनामासँगै शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास अलपत्र

आज विश्व पृथ्वी दिवस : पर्यावरण र वातावरण संरक्षणमा जोड दिएर मनाइँदै
ताजा अक्षर

आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर
राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन
आर्थिक, ताजा अक्षर
आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
ताजा अक्षर
ग्वार्कोमा बनेको 'ओभरपास’मा आजदेखि गाडी चल्ने
ताजा अक्षर
समाचार
कक्षा १२ को परीक्षा सार्नेबारे राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी
समाचार
भारतका विद्युत मन्त्री खट्टर नेपाल आउँदै
समाचार
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका जोशी ८ मतले विजयी, अरु पदमा अनेरास्ववियु
समाचार
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki