काठमाडौं – जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा परेको छ।
काठमाडौँ जिल्ला अदालतका ६ नम्बर वरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र थुनछेक बहस हुने भएको हो।
काठमाडौं जिल्ला अदालतमा लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा दर्ता भएको छ। लामिछानेसहितका आरोपीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पुनः कास्कीकै जसरी बहस प्रारम्भ हुनेछ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने बिहीबार मात्र कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका लामिछाने शुक्रवार सडकमार्ग हुँदै काठमाडौं आइपुगेका थिए।