काठमाडौँ- राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा.बैकुण्ठ अर्यालले राजीनामा दिएका छन्।
आइतबार मात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले राजीनामा दिएको स्रोतले जानकारी दियो। आगामी मन्त्रिपरिषद् बैठकले उनको राजीनामाबारे निर्णय गर्नेछ।
कात्तिक १४ मा भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबार मात्र रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतकारूपमा हाजिर भएका थिए।
अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए ।
मुद्दा जितेसँगै निलम्बन फुकुवा भएकाले उनी पुनः सरकारी सेवामा फर्किएका थिए।







