काठमाडौं- पूर्वसभामुख दमनाथ ढुङ्गानाको निधन भएको छ। आइतबार दिउँसो अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि फ्रन्ट लाइन अस्पताल मध्य बानेश्वर लगिएको थियो।
अस्पतालमा पुग्नासाथ उनलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेको अस्पतालका निर्देशक योगेश न्यौपानेले जानकारी दिए। उनका अनुसार अस्पताल पुर्याउनुअघि नै ढुंगानाको बाटोमै मृत्यु भइसकेको थियो।
ढुंगाना ०४८ देखि २०५१ सम्म प्रतिनिधिसभाका सभामुख भएका थिए।
Comments
Share







