काठमाडौँ – अमेरिकाको न्यूयोर्कमा प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र महासचिव गुटेरेसबीच शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको हो । भेटमा नेपालले टुंग्याउँदै गरेको संक्रमणकालीन न्यायदेखि जलवायु परिवर्तनले नेपालमा पारेको प्रभाव बारे कुरा भएको छ ।
यसैबीच जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जन गर्ने देशले उत्सर्जन नगर्ने देशलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताउनुभएको छ । उहाँले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको उल्लेख गर्दै विकसित देशको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्नेमा जोड दिनुभएको हो ।







