Thursday, June 4, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

यस वर्ष पनि संविधान दिवसका अवसरमा विभूषण तथा पदक वितरण गरिएन्

अन्नपूर्ण पोष्ट

Friday, September 20, 2024
यस वर्ष पनि संविधान दिवसका अवसरमा विभूषण तथा पदक वितरण गरिएन्
5.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – यस वर्ष पनि संविधान दिवसका अवसरमा विभूषण तथा पदक वितरण गरिएन्। राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनेलाई राज्यका तर्फबाट विभूषण र पदक दिने गरिन्थ्यो। मापदण्ड बनाउन ढिलाइ भएको र आर्थिक मितव्यतता अपनाउन सरकारले यस वर्ष वितरण नगरेको गृह मन्त्रालयले जनाएको छ।

सरकारले गत वर्ष पनि पदक दिएको थिएन। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले मापदण्ड बनाउन पर्ने भएकाले योपटक विभूषण पदक नबाँडिएको बताए। विभूषण पद वितरण हुन नसक्नुमा दुइटा कारण रहेको उनले स्पष्ट पारे। पहिलो तयारी नपुगेको र दोस्रो विभूषण वितरणमा खर्च धेरै लाग्ने हुँदा सरकारले मितव्ययिता अपनायो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता एवं सहसचिव प्रेमप्रसाद आचार्यले भने गृह मन्त्रालयले विभूषण पदक वितरणको समन्वय गर्ने भन्दै प्रतिक्रिया दिन चाहेनन्। अघिल्ला वर्षहरूमा वितरण गरिएका अलंकार मानपदवी, विभूषण र पदकहरू विवादमा परेका थिए। जसले गर्दा वितरणका प्रश्न उठ्ने देखाउँदै सरकार  मापदण्ड बनाएर मात्रै वितरण गर्ने गृहकार्य गर्दै छ।

०७९ माघ ९ गतेको मन्त्रिपरिषद्को बैठकले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गर्ने निर्णय गरेको थियो। यो समितिले मापदण्ड बनाउने काम गरिरहेकाले विभूषण पदक वितरण हुन नसकेको गृह मन्त्रालयले जनाएको छ। तत्कालीन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा यो समिति बनेको हो। ‘केही मापदण्ड नयाँ बनाउनुपर्ने भएकाले पनि यो पटक वितरण हुन सकेन,’ गृह प्रवक्ता तिवारी भन्छन्।

Order Cake Order Cake Order Cake

 सरकारले ०७५ सालबाट संविधान दिवसको दिन  विभूषण, मानपदवी, अलंकार पदक घोषणा गर्ने र नयाँ वर्षमा दिने  व्यवस्था ग¥यो। विगतमा प्रधानमन्त्री तथा मन्त्री, नेता निकटलाई मानपदवी, अलंकार पदक सिफारिस गरिएपछि  विवाद भएको थियो। अझ सिफारिस समितिमा बसेकाले  आफू र आफन्तलाई पनि सिफारिस गरेको भन्दै विरोध पनि भए। राजनीतिक दलले मानपदवी, अलंकार पद भागबन्डामा वितरण गरेको देखिन्छ।

आभूषण र पदकमा कर्मचारी र सुरक्षाकर्मीको हाबी  भयो । जसको हात उही जगन्नाथ भने झै भयो। अझ गृह मन्त्रालयले नै समन्वय गर्ने भएका कारण बढिजसो त्यही मन्त्रालयका कर्मचारी र सुरक्षाकर्मीले आभूषण पदक पाउँदै आएको आरोप पनि लाग्यो। सरकारले आफ्नो सत्तानिकट रहेको र ‘चाकडी’ गर्नेलाई पदक दिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध  भयो।

२०७८ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सहितको गठबन्धनको सरकार थियो। नेपाल रत्न देशको सबैभन्दा ठूलो विभूषण हो।  २०७८ सालमा सरकारले  नेपाल रत्न पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई दिने निर्णय ग¥यो।  दोस्रो उच्च तहको विभूषण राष्ट्र गौरव स्वर्गीय नेता सुवर्ण शमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई  दिइयो। सुप्रसिद्ध प्रबल जनसेवा      श्री प्रदीप नेपालले पाए।  स्वर्गीय मंगलकुमार उपाध्याय नेपाल र  सीता दाहाललाई पदक दिइयो। स्वर्गीय मंगलकुमार उपाध्याय नेपाललाई प्रसिद्ध प्रबल जनसेवा      श्री विभूषण दिइयो।

उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका स्वर्गीय बुबा  हुन्।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी दाहालले प्रसिद्ध प्रबल जनसेवा      श्री नै पाइन्। त्यो बेला उनी बिरामी अवस्थामा थिइन। हाल उनको निधन भइसकेको छ। माओवादी केन्द्रका नेता तिलक परियार, पोष्टबहादुर बोगटी, प्रकाश दाहाल, कांग्रेसका तत्कालीन नेताहरू मार्सल जुलुम शाक्य, चक्रप्रसाद बास्तोला र पीएल सिंहलाई पनि विभूषण  दिइएको थियो।  यी केही उदाहरण मात्रै हुन्।

 सरकारका जसको  हुन्छ उसकै निकटलाई विभूषण बाँड्ने काम गरियो। धेरै विवादित पात्रलाई विभूषित गर्ने काम भए।  विभूषण र पदक पाउनेको सूचीमा सरकारी कर्मचारी र सुरक्षाकर्मीको संख्या बढी  देखिन्छ माथिल्लो ओहदाका विभूषण पाउने अधिकांश प्रभावशाली पदमा रहेका कर्मचारी या सुरक्षाकर्मी हुन्छन्।

विभूषण सिफारिसमा विवादास्पद मानिस पनि परेपछि वरिष्ठ कलाकारद्वय मदनकृष्ण       श्रेष्ठ, हरिवंश आचार्य लगायतले विभूषण बहिष्कार गरेका थिए । केही संविधानसभाका सांसदहरूले लिन अस्वीकार गरेका थिए।  केही पत्रकारले पदक बाहिस्कार गरे।

पछिल्ला चार वर्षको तथ्यांक हेर्दा विभूषण पदकको संख्या बर्सेनि बढिरहेको देखिन्छ। कुनै मापदण्डबिना हचुवाका भरमा विभूषण वितरण गरिएका कारण संख्या बढ्दै गएको हो। २०७५ सालमा ५ सय १८, २०७६ मा ६ सय ३४,२०७७ मा ५ सय ९५, २०७८ मा ९ सय ३, २०७९ मा ९ सय ९८ वितरण गरिएको छ। २०८० र २ हजार ८१ वितरण भएको छैन।

मुलुकमा गणतन्त्र आएपछि २०६७ सालबाट विभूषण वितरण गरेका हुँदै आएको थियो । २०६८ र २०७२ मा प्राविधिक कारणले वितरण  भएन।  विभूषण, मानपदवी, अलंकार पदक बनाउन पनि ठूलो खर्च लाग्ने गरेको छ। प्रत्येक वर्ष १० भन्दा करोड रकम  लाग्ने गरेको छ।

विगतमा राजतन्त्रको समयमा राजाको शुभ जन्मोत्सवमा राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वलाई विभिन्न श्रेणीका अलंकार मानपदवी, विभूषण र पदकको घोषणा  गरिन्थे। त्यो बेला गोरखा दक्षिण बाहु भन्ने पदक निकै ख्याति प्राप्त थियो।  गणतन्त्र आएसँगै त्यो पदक खारेज गरियो।

विभूषण भनेको के हो ?       

संविधानको धारा २७७ मा व्यवस्था भए अनुरूप विभूषण ऐन, २०६४ बमोजिम राष्ट्रपतिबाट राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने महानुभावहरूलाई मुलुकका तर्फबाट कदर तथा सम्मानस्वरुप प्रदान गरिने मानपदवी, अलंकार र पदकहरूलाई नै विभूषण भनिन्छ।

Comments
Share
73
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki