Tuesday, May 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन बनाइएका समिति अलपत्र

अन्नपूर्ण पाेष्ट

Friday, August 16, 2024
संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन बनाइएका समिति अलपत्र
8.4k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ-  संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन बनाइएका दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित समिति अलपत्र परेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका पदाधिकारी सिफारिस गर्न गठित समितिको चार महिना बित्दासमेत बैठक बस्न सकेको छैन। सर्वोच्च अदालतले परमादेश जारी गरेपछि सरकारले गत चैत अन्तिम साता समिति गठन गरेको थियो।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा समिति गठन भएको थियो। दुई आयोगमा अध्यक्षसहित ५ जना पदाधिकारी सिफारिस गर्नुपर्ने दायित्व समितिको छ। समितिका संयोजक एवं पूर्वप्रधान न्यायाधीश मिश्रका अनुसार कार्यसमितिले पÒर्णता नपाएका कारण बैठक बस्न नसकेको हो। समितिमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, पूर्वराजदूत डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य छन्। बाँकी एक जना सदस्य राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा आयोगले तोकेका व्यक्ति सदस्य रहने भनिएकोमा आयोगबाट सिफारिस गरिएको छैन।

समयमै सदस्य सिफारिस नगर्दा समिति निस्क्रिय भएको सम्बन्धमा आयोगका पदाधिकारी पनि जानकार छन्। तर, कसलाई पठाउने भन्ने सम्बन्धमा छलफलमै रहेको उल्लेख गर्दै सिफारिसमा ढिलाइ गरिरहेका छन्। आयोगका एक सदस्यका अनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन विधेयक पारित भएपछि सदस्य सिफारिस गर्ने निर्णयबमोजिम ढिलाइ भएको हो। आयोगले विधेयकलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालले गरेका प्रतिबद्धता तथा संक्रमणकालीन न्यायका अन्तर्राष्ट्रिय मÒल्य तथा मान्यताबमोजिम शीघ्र पारित गर्न र विश्वसनीय तवरले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन आग्रह गर्दै आएको छ।

Order Cake Order Cake Order Cake

सिफारिस समिति संयोजक एवं पूर्वप्रधान न्यायाधीश मिश्रले आयोगबाट सदस्य सिफारिस नभएका कारण समितिका पदाधिकारीबीच परिचय आदान–प्रदानसमेत हुन नसकेको दुखेसो पोखे। ‘राष्ट्रिय मानवअधिकार आयोगबाट सिफारिस भएर सदस्य आएपछि समितिले पÒर्णता पाउँछ। र, बैठक बस्छ,’ संयोजक मिश्र भन्छन्, ‘आयोगको सिफारिस क¬रिरहेका छौं।’

 न्यायको पर्खाइमा रहेका द्वन्द्वपीडित सिफारिस समिति अलपत्र परेकोमा चिन्तित छन्। राज्यद्वारा बेपत्ता योद्धा समाज नेपालका पूर्वअध्यक्ष एकराज भण्डारी सर्र्वोच्च अदालतको परमादेश पालना नगर्दा अदालतको अपहेलना हुने भएकाले सरकारले सिफारिस समिति गठन गरेको बताए। भण्डारीले प्रश्न गरे, ‘चार महिना बितिसक्दा पनि किन पूर्णता पाएन ? जवाफदेही को हुने ? आयोग की सरकार ? ’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल सदस्य पठाउने सम्बन्धमा छलफलमै रहेको बताउँछन्। डा. पोखरेल भन्छन्, ‘अहिलेसम्म सदस्य पठाइएको छैन। छलफलमै छौं।’

२०७१ सालमा गठित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगका पदाधिकारी सिफारिस गर्न यसअघि पनि पूर्वप्रधानन्यायाधीश मिश्रकै संयोजकत्वमा समिति बनेको थियो। यसअघि बनेका आयोगका कार्यकाल भने सफल हुन सकेका छैनन्।

विधेयकप्रति मौन आयोग

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक बुधबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। केही संघसंस्था र द्वन्द्वपीडितले विधेयकप्रति टिप्पणी गरे पनि राष्ट्रिय मानव अधिकार आयोग मौन देखिएको छ। ‘संक्रमणकालीन न्यायलाई ट¬ंगोमा पुर्‍याउन र पीडितलाई न्याय दिन यसअघि धेरैपटक धारणा सार्वजनिक गरेका थियौं। प्रतिनिधिसभाबाट पारित विधेयक बिहीबार राष्ट्रियसभामा टेबल भएको छ। यस सम्बन्धमा आयोगले क¬नै स्पष्ट धारणा बनाइसकेको छैन। केही दिनभित्र बाहिर ल्याउने खालको छुट्टै धारणा बनाउँछ होला। छलफल भइरहेको छ,’ आयोगका प्रवक्ता डा. पोखरेल भन्छन्, ‘छिट्टै नै निर्णय सार्वजनिक हुन्छ।’

Comments
Share
85
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki