Friday, May 1, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

व्यापारीले आफूखुुसी चामल र दलहनमा मूल्य बढाएर बिक्री गर्दै

गाेरखापत्र दैनिक

Monday, July 29, 2024
केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी
7.2k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ-पछिल्ला एक महिनाको बिचमा चामल र दलहनको भाउ महँगो भएको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनामा चामल प्रतिबोरामा १५० रुपियाँसम्म र दलहन प्रतिकेजीमा ९० रुपियाँसम्म महँगो भएको हो ।

भारत सरकारले चामल र दलहनलगायतका खाद्य वस्तुु नेपालमा निर्यात गर्दा अतिरिक्त भन्सार महसुुललगायतका कारण पछिल्ला दिनमा नेपालका व्यापारीले आफूखुुसी रूपमा मौज्दात रहेका चामल र दलहनमा समेत मूल्य बढाएर बिक्री गर्दै आएका छन् ।

नेपाल खुुद्रा व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश खड्कीले पछिल्लो एक महिनामा चामल, दहलन, खाने तेल, आटालगायत सबैको वस्तुुको भाउ महँगो भएको बताउनुुभयो । थोकमा चामल, दाल, गेडागुडी, आटा, चिनीलगायतको भाउ दिनैपिच्छे बढेको भन्दै उहाँले हिजो बेचिरहेको वस्तुुको मूल्यमा आज ल्याएर बिक्री गर्न सकिने अवस्था नरहेको बताउनुभयो ।

Order Cake Order Cake Order Cake

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार नेपाल खाद्यवस्तुुमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै ती वस्तुुको भाउ बढेको हुँदा चामल प्रतिबोरा एक सय रुपियाँ बढेर आएको छ ।

नेपालमा चामल, दलहन चिनी, तेललगायतका वस्तुु मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक आउने हुँदा भारतमा बढ्नेबित्तिकै नेपालमा त्यसको असर परेको सङ्घले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामलका मिल तथा उद्योगी र खाद्यवस्तुुका थोक व्यापारीले चामल र दलहनको मूल्य बढ्नुको कारणबारे अध्ययन गरिरहेको जनाएको छ । विभागका महानिर्देशक राजन पौडेलले  पछिल्लो पटक भारत सरकारले नेपालमा चामललगायतका खाद्य वस्तुु निर्यात गर्न अतिरिक्त भन्सार महसुुल २० प्रतिशत बढाएसँगै खाद्य वस्तुु चामल, दाललगायतको भाउ बढेको अनुुगमनका क्रममा पाइएको बताउनुुभयो ।

उहाँले भन्नुभयो, “चामल र दलहनको मूल्य बढ्नुको कारण प्रमाणित हुने बिलसहितको विवरण सक्दो छिटो पेस गर्न भनेका छौँ ।”

नेपालमा चामलको मौज्दात कति छ, कहिलेदेखि मूल्य बढेको हो, त्यो प्रमाण चाहिन्छ । मुखले भारतमा बढेपछि नेपालमा बढ्यो भनेर मात्रै पाइँदैन, त्यसको प्रमाण चाहिन्छ, त्यो प्रमाण व्यापारीसँग मागेका छौँ, उहाँले थप्नुुभयो ।

नेपालमा हाल चामलको मौज्दातको अवस्था नेपाली उत्पादनलगायतका विषयमा पनि छलफल भएकाले उहाँहरूले एक-दुई दिनभित्रै विवरण पेस गर्ने प्रतिबद्धता गरेको पनि उहाँले जानकारी गराउनुभयो ।

छलफलमा सहभागीले पठाएको विवरण हेरेर मात्रै अहिले मूल्यवृद्धि स्वाभाविक वा अस्वाभाविक थाहा हुने, अस्वाभाविक भए त्यस्ता व्यापारीलाई कानुन अनुसार हदैसम्म कारबाही हुने महानिर्देशक पौडेलले थप्नुभयो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतले चामल, दलहनलगायतका वस्तुुको निर्यातमा कडाइ गर्दै ती वस्तुुको निर्यातमा २० प्रतिशत अतिरिक्त भन्सार महसुल थपेकाले आमनेपाली उपभोक्ता यसको प्रत्यक्ष मारमा परेको बताउनुुभयो ।

भारत सरकारले यी वस्तुुको निर्यात नेपाल, श्रीलङ्का, माल्दिभ्समा पनि  गर्दै आएको भए पनि भन्सार महसुल भने नेपाललाई मात्रै लगाएको छ ।

Comments
Share
76
Shares

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki