Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

Sunday, July 21, 2024
एमाले अध्यक्ष ओलीले जाँदाजाँदै पनि  प्रतिनिधिसभा पुन:स्थापनालाई असंवैधानिक कदमको संज्ञा दिए

फाइल फाेटाे

3.4k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै छन्।

असार १७ गते राति संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारी लगायतका विषयमा भएको सहमतिको जगमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असार ३० गते संविधानको धारा ७६ (२) अनुसार नियुक्त भएका थिए।

असार ३१ गते प्रधानमन्त्रीको शपथ लिएका ओलीले संविधानको धारा ७६ (४) बमोजिम सदनबाट विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा ७६ (४) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

Order Cake Order Cake Order Cake

विश्वासको मतको लागि कांग्रेस-एमाले गठबन्धनको सरकारले दुईतिहाइ मत प्राप्त गर्ने भएको छ। प्रधानमन्त्रीले विश्वासको मत सिद्ध गर्नको लागि प्रतिनिधि सभामा हाल कायम सदस्यमध्ये १३८ जनाको समर्थन आवश्यक पर्छ।

विद्यमान प्रतिनिधि सभामा रहेको २७५ मध्ये प्रधानमन्त्री ओलीको पक्षमा दुईतिहाइ मत प्राप्त हुने निश्चित छ। प्रतिनिधि सभामा नेपाली कांग्रेसको ८८ र एमाले ७९ सिट छ।

जसमा एमालेका एकजना सभामुख र एकजना निलम्बित छन्। यसकारण एमालेको ७७ मत हुन्छ। प्रतिनिधि सभामा कांग्रेस र एमालेको सांसद संख्या १६५ पुग्छ। २७५ को दुईतिहाइ १८४ हुन्छ। प्रधानमन्त्री ओलीले दुईतिहाइ मत पाउने निश्चित छ।

किनकि ओली नेतृत्वको सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) को सात र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को चार सिट छ। जसपा र लोसपा गरेर १७४ हुन्छ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र डा.सिके राउत नेतृत्वको जनमत पार्टीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन्। जसपा नेपालको पाँच र जनमतको ६ सिट छ। योसमेत गर्दा १८५ मत हुन्छ। २७५ को दुईतिहाइ १८४ हुन्छ।

त्यसकारण ओलीले दुईतिहाइ मत पाउने निश्चित भएको हो। नागरिक उन्मुक्ति पार्टीलगायत साना दल र स्वतन्त्र सांसदको निर्णय आएको छैन। नागरिक उन्मुक्ति पार्टी (नाउपा) को प्रतिनिधि सभामा चार, राष्ट्रिय जनमोर्चा, आमजनता पार्टी र नेमकिपाको एक-एक सिट छ भने दुई स्वतन्त्र सांसद छन्।

विपक्षमा विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) ले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेका छन्।

यी तीन विपक्षी दलले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको निष्कर्ष निकाल्दै अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने निर्णय गरिसकेका छन्।

प्रतिनिधि सभामा माओवादीको ३२, रास्वपाको २१ र नेकपा एसको १० सिट छ। प्रतिनिधि सभामा १४ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

प्रतिनिधि सभामा कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, नेकपा एकीकृत समाजवादीका १०, जसपाका सात, जनमतका ६, जसपा नेपालका पाँच, लोसपाका चार, नेमकिपा, जनमोर्चा र आम जनता पार्टीका एक÷एकजना र दुईजना स्वतन्त्र सांसद छन्।

Comments
Share
71
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki