Friday, May 1, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

अष्ट्रेलियामा विद्यार्थी भिसासम्बन्धी नियम थप कडाइ

Friday, June 14, 2024
अष्ट्रेलियामा  विद्यार्थी भिसासम्बन्धी नियम थप कडाइ
5.2k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ –  अष्ट्रेलियाले विद्यार्थी भिसासम्बन्धी नियममा थप कडाइ गरेको छ । अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिना (१ जुलाई) देखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् ।

यी नियमहरू लागू भएसँगै भिसासम्बन्धी प्रावधानका केही छिद्रहरू प्रयोग गरेर अष्ट्रेलिया बसाइ लम्ब्याउन चाहने विदेशी विद्यार्थी बढी प्रभावित हुनेछन् ।

खासगरी विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अनिश्चितकालसम्म अष्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको मन्त्री ओनिलले स्पष्ट पारेकी छन्  ।

Order Cake Order Cake Order Cake

गत १० महिनाको अवधिमा पर्यटक भिसाबाट विद्यार्थी भिसामा जानेको संख्या ३६ हजार रहेको मन्त्री ओनिलले विज्ञप्तमा उल्लेख गरेकी छन् ।

त्यस्तै, ग्राजुएट भिसा (टीआर) मा बसेका ३२ प्रतिशत विद्यार्थी पुनः विद्यार्थी भिसामा नै अष्ट्रेलिया बसाइलाई निरन्तरता दिइरहेको उनले बताएकी छन् ।

यसलाई गत वर्ष जारी गरिएको आप्रवासन रणनीति कार्यान्वयनकै शृङ्खलाको रूपमा व्याख्या गरिएको छ ।

आगन्तुक भिसा र अस्थायी स्नातक भिसा (दुई भिसा क्याटागोरी सबक्लास ६०० र ४८५) मा रहेकाहरूले अबदेखि अनसोर (अष्ट्रेलिया भित्रैबाट) विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने छैनन्। यद्यपि त्यस्ता विद्यार्थीहरूले आफ्नो देश फर्किएर पुनः विद्यार्थी भिसामा आवेदन दिन भने पाउनेछन् ।

यसअघि टुरिस्ट भिसामा अष्ट्रेलिया पुगेर त्यसलाई विद्यार्थी भिसामा बदलेर उतै बस्ने अभ्यास बढिरहेको थियो । अध्ययन सकेपछि पाइने ग्राजुएट भिसा (टीआर) को अवधि सकिएपछि पुन: विद्यार्थी भिसामा आवेदन दिएर यतै बस्नेको ठूलो सङ्ख्या रोक्न पनि यसले योगदान पुग्ने मन्त्री ओनिलले संकेत गरेकी छन् ।

कोभिड महामारीपछि विदेशी विद्यार्थी ह्वात्तै बढेर ७ लाख ४० हजारभन्दा बढी पुगेपछि अष्ट्रेलियाले नयाँ आप्रवासन नीति सार्वजनिक गर्दै यसलाई उल्लेख्य रूपमा घटाउने रणनीति लिएको थियो ।

अष्ट्रेलिया सरकारको नयाँ नियमहरूले नेपाली विद्यार्थीहरू पनि प्रभावित हुने रजिस्टर्ड माइग्रेसन एजेन्ट सनत शर्मा बताउँछन् ।

हाल अष्ट्रेलियामा ५५ हजार ३ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । चीन र भारतपछि सबैभन्दा ठूलो सङ्ख्यामा नेपाली विद्यार्थी अष्ट्रेलियामा अध्ययनरत छन् ।

Comments
Share
67
Shares

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki