काठमाडौँ- सहकारीको बचत रकम अपचलन प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन गरिएको छ ।सभामुखको सचिवालयका अनुसार एमालेका सांसद सूर्यबहादुर थापाको नेतृत्वमा समिति गठन गरिएको हो ।
समितिमा एमालेबाट सरिता भुसाल सदस्य छिन् । नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल छन् । राप्रपाबाट धुव्रबहादुर प्रधान छन् ।
Comments
Share







