Friday, June 12, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान आजदेखि, ढुक्क भएर लगाउन आग्रह

Sunday, May 26, 2024
आजदेखि दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु हुँदै
3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – सरकारले आजदेखि पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ । आजदेखि जेठ २६ गतेसम्म दुई हप्ता चल्ने अभियानको सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको थियो । तर २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका यो खोप लगाउन छुटेका थिए । अभियानमार्फत छुटेका ती बालबालिकालाई आईपीभी खोप दिन लागिएको हो । अहिले देशभरका १४ लाख ६२ हजारभन्दा धेरै बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ ।

पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा विभिन्न लक्षणसहित पक्षघात हुने र ज्यानैसमेत जान सक्छ । पोलियो विषाणुले मुख्य गरी साना बालबालिकालाई सङ्क्रमित बनाउने गर्छ । पोलियोको भाइरस घाँटी र आन्द्रामा हुन्छ । सङ्क्रमित एक व्यक्तिबाट अर्कोमा पनि फैलिन्छ । रोग लागिसकेपछि उपचार छैन, त्यसैले पोलियो रोगविरुद्धको खोप लगाउनु आवश्यक रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताउनुभयो ।

Order Cake Order Cake Order Cake

नेपालमा सन् २०१० यता पोलियो रोग देखिएको छैन । तर आजदेखि सरकारले पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान शुरु गर्दैछ । यसको मुख्य कारण २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका आईपीभी खोप लगाउन छुट्नु हो । विश्वव्यापी रूपमा अभाव भएका कारण २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप लगाउन पाएका थिएनन् । त्यस बेला खोप नपाएका बालबालिकामा भोलिका दिनमा पनि पोलियो रोगको जोखिम हुनसक्ने भएकाले त्यस्तो जोखिमलाई ध्यानमा राखेर अभियान चलाउन लागिएको हो ।

डा. गौतमका अनुसार पाकिस्तान, अफगानिस्तान, दक्षिण अफ्रिकालगायतका देशमा पोलियो रोगी छन् । ती देशबाट नेपालमा आउनेहरूबाट जोखिम हुन सक्छ । त्यसबाट विगतमा खोप लगाउन छुटेका बालबालिका उच्च जोखिममा छन् ।

सरकारले अबको दुई वर्ष अर्थात् सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । त्यसैअनुसार नियमित खोप कार्यक्रमअन्तर्गत जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो खोप दिने गरिएको छ । पोलियो थोपा मुखबाट खुवाइन्छ भने आईपीभी सुईबाट दिने गरिन्छ । २०७३ देखि २०७५ असोजसम्म बीचमा छुटेकाबाहेक अरू जसले आईपीभी खोप लिइसकेका छन् उनीहरूले अहिले लगाउनुपर्दैन ।

सरकारले दिने अनि निःशुल्क पाइने आईपीभी खोपबाट सामान्य दुखाइ, सुई लगाएको ठाउँमा सुन्निने वा हल्का ज्वरो आउनेबाहेक बालबालिकामा अरू कुनै असर नगर्ने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम बताउनुहुन्छ । यो खोप सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालबालिकालाई लगाउन उहाँको सल्लाह छ ।

पोलियो रोगको सङ्क्रमण रोक्ने एकमात्र प्रभावकारी उपाय खोप हो । आजदेखि शुरु हुने दुई हप्ते अभियानअन्तर्गत विगतमा छुटेका बालबालिकालाई स्कुल–स्कुल तथा नजिकको स्वास्थ्य संस्थामा खोप दिने तयारी छ । त्यसैअनुसार चासो राखेर सोधिखोजी गरी आफ्ना बालबालिकालाई खोप लगाउन अभिभावकलाई सरकारको अनुरोध छ ।

Comments
Share
65
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki