Friday, May 1, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

संखुवासभाको किमाथांकासहित उत्तरतर्फका १४ वटा परम्परागत नाका आजदेखि खुल्दै

Saturday, May 25, 2024
संखुवासभाको किमाथांकासहित उत्तरतर्फका १४ वटा परम्परागत नाका आजदेखि खुल्दै
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – संखुवासभाको किमाथांकासहित उत्तरतर्फका १४ वटा परम्परागत नाका आजदेखि खुल्ने भएका छन् । कोरोनाकालमा चीन सरकारले बन्द गरेका १३ जिल्लाका ती नाकाहरू आज खुल्न लागेका हुन् । चीनसँग जोडिएका यी नाकाहरू २०७६ सालदेखि बन्द भएका थिए । बन्द भएका नाका औपचारिक रुपमा खुलेको घोषणा गर्न उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अहिले किमाथांका पुग्दै हुनुहुन्छ ।

त्यहीँबाट उहाँले किमाथांकासहित १४ वटा नाका एकैपटक खुलेको घोषणा गर्नुहुने संखुवासभाका प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले उज्यालोलाई जानकारी दिनुभयो । संखुवासभाको किमाथांकासँगै गोरखा, ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, दार्चुला र दोलखाका परम्परागत नाका आजदेखि खुल्न लागेका हुन् ।

नेपालको उत्तरी क्षेत्रमा रहेका विभिन्न १४ वटा परम्परागत नाका पुनः सञ्चालनका लागि नेपाल र चीनबीच निरन्तर छलफल हुँदै आएको थियो । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गएको चैतमा गर्नुभएको चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत नाका खुलाउने समझदारी भएको थियो ।

Order Cake Order Cake Order Cake

रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाका यसअघि नै सञ्चालनमा आइसकेका छन् । किमाथांका नाका पुनः सञ्चालन गरेर सीमावर्ती क्षेत्रमा सहज आवतजावतका व्यवस्था मिलाउन भोटखोलाबासीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

नाका खोल्नका लागि नेपाल र चीनका स्थानीय अधिकारीबीच पटकपटक वार्ता भए पनि नाका खुल्ने वातावरण बन्न सकेको थिएन । नाका बन्द भएसँगै सीमावर्ती क्षेत्रसँग जोडिएको भोटखोलाका बासिन्दाको दैनिकी कष्टकर हुँदै आएको थियो ।

भोटखोला गाउँपालिकाका धेरै बासिन्दा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए । किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । सडक पुगेको ठाउँबाट दुई दिन हिँडेर नाका पुग्न सकिन्छ ।

निकै विकट ठाउँ भएकाले सङ्खुवासभाबाट चामल, नुन, तेल, चिनीलगायत दैनिक अत्यावश्यक वस्तुको आपूर्ति गर्न असहज हुँदै प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । चीनले यसअघि देखिनै नेपालका चौरी तथा भेडालाई तिब्बतका खर्कमा चरन सुविधा उपलब्ध गराउँदै आएको थियो ।

किमाथाङ्का नाकाबाट ३० किलोमिटरभित्रका नेपाली नागरिकले परिचपयपत्रका आधारमा निर्वाधरुपमा आउजाउ गर्न पाउने व्यवस्था छ । सरकारले उत्तरी सीमा क्षेत्रका बासिन्दाका लागि एकैप्रकारका विशेष पासको व्यवस्था गरेको छ । नाका सञ्चालनमा आएसँगै सीमावर्ती क्षेत्रका नागरिकको दैनिकी सहज हुने विश्वास गरिएको छ ।

Comments
Share

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki