Thursday, April 30, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

विद्युत् प्राधिकरणले अब पोल हटाउने, भूमिगत विद्युत् प्रणाली परीक्षणका रूपमा सञ्चालन

Friday, May 17, 2024
नेपाल विद्युत् प्राधिकरणका मिटर रिडरहरूकाे धर्ना, दैनिक ज्यालादारी बनाउनुपर्ने लगायत माग
7.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- काठमाडौँ उपत्यकाको विद्युत् प्रणालीलाई भूमिगत बनाउँदै गरेको नेपाल विद्युत् प्राधिकरणले अब पोल नै हटाउने भएको छ । काठमाडौँका विभिन्न ठाउँमा जडान सम्पन्न भइसकेका भूमिगत विद्युत् प्रणाली केही दिनमा परीक्षणका रूपमा सञ्चालनमा ल्याउने र सो क्षेत्रका विद्युतीय पोल तथा तार हटाउने प्राधिकरणको योजना रहेको जनाइएको छ ।

प्राधिकरणले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै काठमाडौँका पेप्सीकोला–जडीबुटी, लैनचौर–नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलङ्की–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत विद्युत् जडान सम्पन्न गरिसकेकाले ती स्थानमा अबको छ महिनामा पोल हटाइने प्राधिकरणले सूचित गरेको हो ।

सूचनामा भूमिगत विद्युत् प्रणाली योजना पूरा भइसकेका उल्लिखित ठाउँका बिजुली पोलमा जडान भएका सडकबत्ती, अप्टिकल फाइबर, इन्टरनेट केबुल, सिसी क्यामरालगायतका संरचना र उपकरण छ महिनाभित्र हटाउन सूचित गरेको छ । “संरचना एवं उपकरण नहटाएमा प्राधिकरणले पोललगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति नेपाल विद्युत् प्राधिकरण जिम्मेवारी नहुने बेहोरासमेत जानकारी गराइन्छ,” प्राधिकरणले सूचनामा भनेको छ ।

Order Cake Order Cake Order Cake

प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले इन्टरनेट सेवाप्रदायक तथा अन्य पोल प्रयोगकर्ताले विद्युत् तार भूमिगत गर्ने क्रममा राखिएको ४८ कोर क्षमताको अप्टिकल फाइबर प्रयोग गर्ने सुविधा उपलब्ध रहेको जानकारी दिनुभयो । यसबाहेक अन्य सुविधा प्रयोगका लागि दुई वटा डक्ट पनि भूमिगत गरिएको छ । “हामीले पोल हटाउन सूचना जारी गरेको पहिलो पटक हो, अब यसले अन्य सेवाप्रदायकलाई विकल्प उपलब्ध गराउने विषयमा सरोकारवालासँग संवाद गर्दै जान्छौँ,” उहाँले भन्नुभयो, “यो अवधिमा नयाँ क्षेत्रमा पनि सम्पन्न हुँदै जाँदा सूचित गर्दै जाने छौँ ।”

प्राधिकरणले काठमाडौँमा तीन प्याकेजमा तार भूमिगत गर्ने कार्य गर्दै आएको छ । सडक विभागले समयमा अनुमति नदिँदा महत्वपूर्ण ठाउँमा काम गर्न पाएको छैन । खास गरी माइतीघरदेखि तीनकुने, त्रिपुरेश्वर सुन्धारा हुँदै लैनचौर र पुतलीसडक क्षेत्रमा सडक खन्ने अनुमति नपाउँदा काम हुन पाएको छैन । प्राधिकरण आयोजना विकास निर्देशनालयका प्रमुख ताराप्रसाद प्रधानका अनुसार निर्माणको ठेक्का अवधि नै सकिन लाग्दासमेत अनुमति नपाउँदा ठेकेदारले काम गर्नै पाएको छैन । यद्यपि उपत्यका अन्य स्थानमा तार भूमिगत गर्ने कार्य जारी छ । निर्माण सम्पन्न हुँदै जाँदा क्षेत्र तोकेर सूचना जारी गर्दै पोल हटाउने क्रम निरन्तर हुने छ । यस कार्यका लागि टेन्डर नै आह्वान गर्ने सोच प्राधिकरणको छ ।

प्राधिकरणले यसअघि नै रत्नपार्क, चाबहिल क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् वितरण सुरु गरिसकेको छ । परीक्षणकै क्रममा रहेकाले ती ठाउँका बिजुलीका पोल हालसम्म हटाइएका छैनन् । प्राधिकरणले २०७६ सालदेखि काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने काम सुरु गरेको थियो । भूमिगत विद्युत् प्रणाली योजना अहिले काठमाडौँ उपत्यकासहित पोखरा र भरतपुरमा पनि चलिरहेको छ ।

Comments
Share
63
Shares

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki