Saturday, May 2, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त

गाेरखापत्र दैनिक

Sunday, May 5, 2024
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई  विश्वासको मत प्राप्त
7.5k
VIEWS
Website Development Website Development Website Development

पाेखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ । सभामुख कृष्ण धितालले आइतबार भएको प्रदेशसभाको तेस्रो बैठकमा अधिकारीको पक्षमा ३० मत परेको र सो मत प्रदेशसभाको बहुमत भएको घोषणा गर्नुभयो ।

प्रस्तावको पक्षमा नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात, स्वतन्त्र एक गरी ३० सांसदले मतदान गरेका थिए । नेपाली कांग्रेसका २७ सदस्यले विपक्षमा दिँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसद तटस्थ बसेका छन् ।

चैत २४ गते मुख्यमन्त्री नियुक्त अधिकारीले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिनुभएको हो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३० सदस्यलाई बहुमत मानी सरकारले विश्वासको मत पाएको घोषणा भएपछि नेपाली कांग्रेसका सांसदहरूले सदनमा नाराबाजी गरेका छन् । सभामुखलाई तटस्थ मानेपछि ५९ सदस्यमा ३० सदस्य बहुमत भएको सत्तारुढ दलहरूको दाबी छ ।

Order Cake Order Cake Order Cake

यसअघि सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले सरकार बनाउन संविधान बाधक बन्न नसक्ने तर्क गर्नुभएको थियो । उहाँले सरकारलाई असंवैधानिक भन्ने आरोप अदालतबाटै खण्डित भइसकेको जनाउँदै भन्नुभयो, “कोशी र गण्डकी प्रदेशको अवस्था फरक हो । अदालतको निर्णय कहिलेकाहीँ अप्रिय लाग्छ । तर मान्नुपर्छ ।”

अब आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तयसहित नीति तथा कार्यक्रम बनाउनतर्फ ध्यान दिन जरुरी भएको उल्लेख गर्दै उहाँले प्रदेश सरकारलाई बलियो बनाउनु सबै दलको कर्तव्य भएको जनाउनुभयो ।

सरकारका प्रवक्ता एवम् नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले अब बन्ने सरकारले समाजवादको बीजारोपण गर्ने उल्लेख गर्दै मत दिन आग्रह गर्नुभयो। उहाँले संविधानमा केही कमजोरी रहेको औँल्याउँदै सर्वोच्च अदालत जानुपर्ने अवस्थालाई नकारात्मक रूपमा लिन नहुने तर्क गर्नुभयो ।

“संविधानमा केही अपुगता छन्, गाँठा फुकाउन पटक पटक अदालत जानुपर्छ,” उहाँले भन्नुभयो, “सभामुखले बराबरी भए मत दिने भनिएको छ, बराबरी नभए के गर्ने भन्ने उल्लेख छैन । सभामुखले मतदान नगर्दा प्रदेशसभा नै विघटनमा जाने अवस्था आउने विषयमा संविधान बोल्नु पर्दैन त ? बोल्नैपर्छ ।”

सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले वैशाख १७ गतेको अदालतको फैसलामा गम्भीर असहमति भए पनि आफूहरूले आदेश पालना गरेको बताउनुभयो । उहाँले धारा १६८ को उपधारा २ बाट सरकार बन्न नसके धारा ३ मा जाने र त्यसबाट पनि बन्न नसके धारा ५ मा जाने उल्लेख गर्दै सरकारै नबनी मध्यावधि निर्वाचनमा जान लाग्यो भन्ने तर्क नगर्न आग्रह गर्नुभयो ।

निवर्तमान मुख्यमन्त्रीसमेत रहनुभएका पाण्डेले अदालतका निर्माणहरू इतिहासमा पछि सच्चिएको पनि देखिएको उल्लेख गर्दै असंवैधानिक कदम चालिए फेरि अदालतै जाने बताउनुभयो । “कांग्रेसलाई नजरअन्दाज गरेर प्रदेशसभा चल्न सक्दैन । असंवैधानिक गतिविधि भए जाने त अदालतै हो,” उहाँले भन्नुभयो ।

सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) संसदीय दलका नेता पञ्चराम गुरुङले केन्द्र सरकारकै गठन अपवित्र भएको दाबी गर्दै आफ्नो पार्टी तटस्थ बस्ने बताउनुभएको थियो । गण्डकीमा राप्रपाका दुई सांसद छन् ।

मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले ह्विप जारी गरेका थिए । एमाले र माओवादी केन्द्रका संसदीय दलका बैठकले यस्तो निर्णय लिएका हुन् । ६० सदस्यीय प्रदेशसभामा बहुमत ३० कि ३१ भनी दलहरूबिच विवाद छ ।

सभामुखसहित ३१ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त अधिकारीविरुद्ध निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सर्वोच्च जानुभएको थियो । सर्वोच्चले वैशाख १७ गते पाण्डेको रिट खारेज गर्दै सरकारलाई विश्वासको मत लिने बाटो खोलिदिएको थियो । सर्वोच्चको संक्षिप्त आदेशमा सभामुखको पद तटस्थ रहने जनाउँदै ३० सांसदको समर्थन भए पुग्ने उल्लेख छ ।

यसैबिच, मुख्यमन्त्रीले विश्वासको मत पाएलगत्तै नेपाली कांग्रेस गण्डकी संसदीयले पत्रकार सम्मेलन गरेको छ । संसदीय दलका नेता पाण्डेले सभामुखले असंवैधानिक कदम चालेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “गण्डकीमा फेरि असंवैधानिक काम भएको छ । नेपाली कांग्रेस संविधान र लोकतन्त्रको रक्षाका लागि अदालत जान्छ ।”

Comments
Share
45
Shares

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki