Saturday, June 20, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सुप्रिम सहकारीको रकम ठगी प्रकरणको अनुसन्धान सकियाे, रबी लामिछनेकाे सम्लग्नता देखिएन्

Sunday, April 14, 2024
सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि ऐन संशोधनकाे आवश्यकता: मन्त्री महर्जन
5.2k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ –  प्रहरीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगी प्रकरणको अनुसन्धान सकाएको छ । प्रहरीले ६० दिन लगाएर गरेको अनुसन्धान प्रतिवेदन गएको शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको छ ।

गएको फागुन ३ गतेदेखि आरोपितलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो । इलाका प्रहरी कार्यालय बुटवलले शुक्रबार मात्र अनुसन्धान सकाएर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, दुर्गा चापागाईं पाण्डेय र पूर्वकोषाध्यक्ष दिपेश पुनलाई पक्राउ गरिएको थियो । पुन चैत २ गते काठमाडौंबाट पक्राउ परेका हुन् ।

उनीहरूसहित सहकारीको रकम हिनामिना प्रकरणमा संलग्न २८ जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाइएको रुपन्देही प्रहरी प्रमुख एवं एसपी रन्जितसिंह राठौरले जानकारी दिए ।

Order Cake Order Cake Order Cake

सहकारीका ११ हजार बचतकर्ताको एक अर्ब सात करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । ०७२ सालदेखि सञ्चालित सुप्रिम सहकारीको सञ्चालक समितिको अध्यक्षमा त्यति बेला ग्यालेक्सी टेलिभिजनका सञ्चालक समेत रहेका ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई थिए ।

उनलाई समेत प्रहरीले प्रतिवादी बनाएको छ । यस्तै, सहकारी प्रकरणमा संलग्न राजु बराल, सुरज श्रेष्ठ, देवेन्द्रबाबु राई र भुपेन्द्र राईलाई समेत प्रतिवादी बनाइएको छ ।

यसैगरी, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका भविश्वर अर्याल र कुमार रम्तेललाई पनि सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएको छ ।

जीबी राईले ०७६ मा ओमप्रकाश गुरुङलाई सुप्रिमको अध्यक्ष बनाएका थिए । ओमप्रकाश अध्यक्ष हुँदा भैरहवाको जय अम्बे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समेत सुप्रिममा मर्ज गरे । छोटो समयमै रुपन्देही जिल्लाभरि सहकारीको कारोबार विस्तार गरेर उनीहरूले सवा अर्ब रुपैयाँ संकलन गरेका थिए ।

तर, पछि उनीहरूले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपश्चात् सुप्रिम सहकारीविरुद्ध बचतकर्ताले उजुरी दिन थालेका थिए । प्रहरीका अनुसार, विजयकुमार नेपालसहित एक हजार ७३० जनाले ठगीको जाहेरी दिएका थिए ।

सहकारी ठगीका मुख्य योजनाकार जीबी राई भएको प्रहरीले जनाएको छ । उनी मलेसियातर्फ भागेको खुलेको छ । उनीविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठनले ‘रेड नोटिस’ जारी गरिसकेको छ ।

उनलाई अझै नेपाल झिकाउन भने प्रहरीले सकेको छैन । सरकारीको कुल रकममध्ये ७८ करोड रुपैयाँ जीबी राईमार्फत पाँच कम्पनीमा पुगेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । त्यसमध्ये गोर्खा मिडियामा समेत लगानी गरिएको खुलेको छ ।

Comments
Share
84
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki