काठमाडाैँ – नेपाली काँग्रेसले इलाम-२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आज देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले इलाम-२ मा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
काँग्रेसले त्यस्तै बझाङको १ (क)मा प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। काँग्रेसले इलाम-२ मा उम्मेदवार तय गर्न आज सबै आकाङ्क्षीसँग छलफल गरेकाे थियाे ।
इलाम-२ मा महामन्त्री गगन थापा लगायतले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए।
डम्बर खड्का २०७९ को मङ्सिर ४ मा भएको आम निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मतले पराजीत भएका थिए ।







