Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आज प्रतिनिधिसभा बैठक बस्दै, अवरोध हटाउन जुटेन सहमति

Sunday, March 31, 2024
प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने
3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बस्दै छ।

संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Order Cake Order Cake Order Cake

बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै, भन्सार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा नेपाली कांग्रेस गर्दै आएको अवरोध हटाउने विषयमा मुख्य राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरे पनि कुनै टुंगो लागेको छैन।

सिंहदरबारमा शनिबार बसेको बैठकले चैत १८ गतेदेखि २९ गतेसम्मको संसद बैठकको क्यालेन्डर भने तय गरेको छ। बैठकले आजदेखि लगातार चार दिन अर्थात् चैत २१ गतेसम्म प्रतिनिधिसभाको बैठक चलाउने क्यालेन्डर बनाइएको छ ।

यसबीचमा ६ दिन संसदीय समितिहरुको बैठकका लागि समय तालिका छुट्टाइएको छ भने चैत २७ देखि २९ गतेसम्म लगातर तीन दिन बैठक राख्ने क्यालेन्डर बनाइएको छ। बैठकले आजदेखि २९ गतेसम्म बस्ने प्रतिनिधिसभाको बैठकमा संघीय निजामती, राजनीतिक दलसम्बन्धीलगायत विधेयक टेबल गर्ने सहमति गरेको छ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ। आजको बैठक बस्नुअघि बिहान सवा १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ।

सभामुख देवराज घिमिरेले सहज रूपमा संसदको कामकारबाही अगाडि बढाउने वातावरण बनाउन दलसँग आग्रह गरेका छन् ।

सिंहदरबारमा शनिबार प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै संसदको अवरोध हटाई नयाँ कार्यतालिकाअनुसार सदनलाई सहज रूपमा अघि बढाउने वातावरण बनाउन उनले आग्रह गरेका हुन्। संसद्को अवरोध, नयाँ कार्यतालिका, संसदको प्रभावकारितालगायतका विषयमा सभामुख घिमिरेले छलफल गर्दै यस्तो आग्रह गरेका हुन्।

तर, संसदमा उठ्दै आएको विषयमै सो बैठकमा समेत नेताले आफ्नो धारणा राखेका छन् । आइतबार संसदको बैठक बोलाइएको छ । सोभन्दा अघि संसदको अवरोध हटाउन सहमति खोजिए पनि दलबीच सहमति जुट्न सकेन।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गर्दै संसद अबरुद्ध गर्दै आएको छ ।

Comments
Share
71
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki