Saturday, May 2, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

अख्तियारद्वारा इन्जिनियर तथा कार्यालय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गाेरखापत्र दैनिक

Thursday, March 14, 2024
वडाअध्यक्ष र सचिव  घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे नियन्त्रणमा
1.7k
VIEWS
Website Development Website Development Website Development

 

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुगुको सोरु गाउँपालिका–९ साबिक कालै गाउँपालिका २, ३ र ४ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आरसिसी सिँचाइ कुलो निर्माणका लागि आर्थिक वर्ष २०७२/०७३ मा उपलब्ध गराइएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले बिहीबार जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुख देवीप्रसाद पाण्डेसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

Order Cake Order Cake Order Cake

सिँचाइ कुलो निर्माणमा प्रमुख पाण्डेले भुक्तानी गरेको रकमबाट सिड्डीखोला सिँचाइ आयोजनामा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन अनुसार आरसिसी सिँचाइ कुलो र पाइपलाइन निर्माणको १४ लाख १७ हजार ९३५ रुपियाँ बराबरको कार्य सम्पन्न नगरी गैरकानुनी हानिनोक्सानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार गरेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । पाण्डेलाई सो रकम बिगो कायम गरी कैद र जरिवाना हुन एवम् बिगो समेत असुलउपर हुन मागदाबी लिइएको छ ।

यसैगरी, तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका इन्जिनियर महेश सिंह कठायतविरुद्ध १२ लाख ३६ हजार ९०१ रुपियाँ भ्रष्टाचार गरेको आरोपपत्र दायर भएको छ ।

कठायतले नापी किताब, कार्य सम्पन्न प्रतिवेदन अनुसार प्रथम, द्वितीय र तृतीय बिलबाट आरसिसी सिँचाइ कुलो र पाइपलाइन निर्माणमा जम्मा १२ लाख ३६ हजार ९०१ रुपियाँ बराबरको नभएको कामलाई पनि भएको भुट्टा बिल भरपाई भुक्तानी दिई भ्रष्टाचार गरेको आरोप छ । अयोगका प्रवक्ता घिमिरेले कठायतलाई सो रकम बिगो कायम गरी कैद र जरिवाना हुन एवम् बिगो समेत असुलउपर हुन मागदाबी लिइएको जानकारी दिनुभयो ।

त्यस्तै, तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका सबइन्जिनियर भीमबहादुर रोकायाविरुद्ध एक लाख ९१ हजार २०६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

रोकायाले प्रथम रनिङ्ग बिलअनुसार फिल्डमा आरसिसी सिँचाइ कुलो र पाइपलाइन निर्माणमा एक लाख ९१ हजार २०६ रुपियाँ बराबरको नभएको कामलाई भएको भनी झुट्टा बिल भरपाई बनाई भुक्तानी दिई भ्रष्टाचार गरेको आरोप छ । रोकियालाई भ्रष्टाचार ऐन बमोजिम सो रकम बिगो कायम गरी कैद र जरिवाना एवम् बिगोसमेत असुलउपर हुन मागदाबी लिइएको छ ।

प्रवक्ता घिमिरेका अनुसार तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका असिस्टेन्ट सवइन्जिनियर सर्जन शाहीविरुद्ध १० लाख ४५ हजार ६९४ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

शाहीले तयार गरेको  द्वितीय र तृतीय बिल अनुसार फिल्डमा आरसिसी सिँचाइ कुलो र पाइपलाइन निर्माणमा १० लाख ४५ हजार ६९४ रुपियाँ बराबरको नभएको कामलाई भएको भनी झुट्टा बिल भरपाई बनाई भुक्तानी दिई भ्रष्टाचार गरेको आरोप छ । शाहीलाई सो रकम बराबरको बिगो कायम गरी कैद र जरिवाना एवम् बिगो समेत असुलउपर हुन मागदाबी लिइएको छ ।

साथै सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिका अध्यक्ष दिपादेवी शाही, सचिव पूर्णबहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीले १४ लाख १७ हजार ९३५ रुपियाँ भ्रष्टाचार गरेको आरोप छ । उहाँहरूले तत्कालीन जिल्ला प्राविधिक कार्यालय, मुगुले गरेको सम्झौता र सो अनुसारको इस्टिमेट बमोजिमको काम नगरी स्थलगत नापजाँच र प्राविधिक प्रतिवेदन अनुसार मूल्याङ्कन हुँदा यथार्थ कार्य मूल्याङ्कनभन्दा बढी रकम भुक्तानी लिई भ्रष्टाचार गरेको आरोप छ ।

दिपादेवी, पूर्ण र फुल्टउरालाई १४ लाख १७ हजार ९३५ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ४ बमोजिम कैद र जरिवानाको सजाय गरी बिगोसमेत असुलउपर हुन मागदाबी दिई विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

Comments
Share
85
Shares

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki