Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

राष्ट्रिय सभा अध्यक्षको चुनावअघि सत्तारुढ र प्रमुख विपक्षी दल कांग्रेस रणनीति बनाउँदै

Sunday, March 10, 2024
राष्ट्रियसभाका नव निर्वाचित सांसदकाे सपथ ग्रहण हुँदै
3k
VIEWS
Website Development Website Development Website Development

काठमाण्डौँ – राष्ट्रिय सभा अध्यक्षको चुनाव अघि सत्तारुढ र प्रमुख विपक्षी दल कांग्रेस रणनीति बनाउन जुटेका छन् । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आज टुङ्गाे लगाउने जनाएको छ । हिजो बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप छलफलपछि अध्यक्षको टुङ्गो लगाउने बताउनुभएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी गराउनुभएको थियो ।

नयाँ समीकरण बनेपछि माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने सहमति भएको थियो । माओवादीबाट अहिले राष्ट्रिय सभाको उपाध्यक्ष उर्मिला अर्याल हुनुहुन्छ । अध्यक्षमा अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहालको चर्चा छ । तर सुवेदीलाई अध्यक्षको उम्मेदवार बनाउँदा ६ वर्ष अध्यक्ष आफ्नो हुने भएकाले उहाँको सम्भावना धेरै भएको अनुमान गरिएको छ । एमालेलाई राष्ट्रिय सभा उपाध्यक्ष दिने सहमति भएकाले अर्यालले राजीनामा दिनुपर्नेछ ।

माओवादीसँग गठबन्धन कायम हुँदा कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्षको रुपमा अगाडि सारेको थियो । तर गठबन्धन टिक्न नसकेपछि कांग्रेसले यही राष्ट्रिय सभाको चुनावमार्फत् नयाँ गठबन्धन बनाउने रणनीति लिएको छ । उसले विपक्षी अरु दलसँग छलफल गरी पार्टीबाट उम्मेदवार तय गर्ने जनाएको छ । हिजो सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने र सहयोग माग्न अरु दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको थियो ।

Order Cake Order Cake Order Cake

कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा सिटौलालाई मनोनयन समेत गरेको छ । माघमा भएको राष्ट्रिय सभा चुनावमा सिटौला कोशी प्रदेशको अन्यतर्फबाट निर्वाचित हुनुभएको थियो । राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद छन् । ५९ जना सदस्य रहेको राष्ट्रिय सभामा वर्तमान सत्ता गठबन्धन–एमाले, माओवादी, एकिकृत समाजवादी र जसपाको बहुमत छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल गएको फागुन २० मा सकिएको थियो । राष्ट्रिय सभा अध्यक्षको चुनाव पर्सि २९ गते हुँदैछ । चुनाव अन्तर्गत भोलि सोमवार उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालका अनुसार आज बस्ने राष्ट्रिय सभाको बैठकबाट उम्मेदवारी दर्ता तथा मतदान कार्यक्रमसहितको निर्वाचन कार्यक्रम घोषणा हुनेछ ।

Comments
Share
63
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki