Saturday, May 2, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सगरमाथा आरोहीका लागि विद्युतीय चिप्स अनिवार्य

Saturday, March 9, 2024
सगरमाथा आरोहीका लागि विद्युतीय चिप्स अनिवार्य
3k
VIEWS
Website Development Website Development Website Development

काठमाण्डौँ – गएको वर्ष सगरमाथा आरोहणका क्रममा १२ जनाको ज्यान गयो । अरु पाँच जना हराइरहेका छन् । हराइरहेकाहरु कुन क्षेत्रमा वा कस्तो अवस्थामा छन् भन्ने यकिन छैन । उनीहरु बाँच्ने सम्भावना त हुँदैन तर कस्तो अवस्थामा ज्यान गुमाए र शव कस्तो ठाउँमा छ भन्ने यकिन समेत भएको छैन ।

यसैगरी सगरमाथामा हरेक वर्ष कोही न कोही आरोही हराउँछन् । उनीहरुको शव खोज्न कठिन हुँदै आएका छन् । सगरमाथामा आरोही हराउने र हिउँभित्र खोज्न समस्या हुने समस्यालाई कम गर्न सरकारले यही आरोहणयामबाट आरोहीहरूका लागि विद्युतीय चिप्स अनिवार्य गरेको छ । आरोही हराएमा तत्कालै उनीहरु कहाँ छन् भनेर जानकारी लिन र ज्यान गइसकेको अवस्थामा शव खोज्न पनि सजिलो होस भनेर विद्युतीय चिप्स अनिवार्य गरेको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बताउनुभयो ।

पर्वतारोहीका लागि यस्तो चिप्स विभागले सम्बन्धित एजेन्सीमार्फत् उपलब्ध गराउँछ । यसका लागि आरोहीले १० देखि १५ अमेरिकी डलर अर्थात् झण्डै दुई हजार रुपैयाँ सम्म तिर्नु पर्छ । पर्वतारोहीको ज्याकेटमा जडान गरिने विद्युतीय चिप्सले पर्वतारोहण थप सुरक्षित बनाउने आशा छ । तत्काल उद्धारसँगै चिप्स लामो समयसम्म रहने भएकाले शवको खोजीका लागि पनि महत्वपूर्ण हुने गुरुङको भनाइ छ । हिजोआज आरोहीहरूले प्रयोग गर्दै आएका मोबाइल वा जीपीएस उपकरणको ब्याट्री निश्चित समयमा सकिन्छ ।

Order Cake Order Cake Order Cake

चिप्सले भने लामो समयसम्म काम गर्ने भएकोले बढी उपयोगी हुने र हिमपहिरोमा परेका समयमा कैयौँ फिट हिउँमुनि आरोही पुरिएको हुनसक्ने अवस्थामा पनि चिप्सबाट पत्ता लगाउन सकिने विभागको दाबी छ । पर्वतारोहीहरूलाई थप सुरक्षित बनाउने विषय भएकाले चिप्स जडान गर्ने निर्णय सकारात्मक रहेको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले बताउनुभयो । यस्तो चिप्स युरोप तथा अमेरिका लगायतका देशमा हुने आरोहणमा लामो समयदेखि प्रयोग भइरहेको छ । नेपालमा पनि केही कम्पनीहरुले यसअघि नै प्रयोगमा ल्याएका छन् । तर अब सरकारले सबैका लागि अनिवार्य गरेको हो ।

नेपालका कम्पनीहरुको व्यवस्थापन तथा हिमालमा काम गर्ने जनशक्तिको कामलाई संसारकै आरोहीहरुले रुचाउँछन् । तर पनि हिमालमा जुनसुकै बेला दुर्घटना हुन सक्छ । दुर्घटना पछिको खोजीका लागि उपयोगी हुने विद्युतीय चिप्सको प्रयोगले अन्तर्राष्ट्रिय रुपमा थप सकारात्मक सन्देश जाने नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाको भनाइ छ ।

सगरमाथा आरोहणमा आरोहीहरूको साथमा अरु गाइड तथा टोली रहने हुँदा दुर्घटना कहाँ भयो भन्ने थाहा हुन्छ । तर हिमपहिरो, हिउँ खाडल, लडेर टाढा पुगेपछि हिउँले पुरिनु लगायतका कारण कतिपय आरोहीहरु हिमालमै हराउँछन् । सुरक्षित हिमाल आरोहण तथा हराउनेहरुको खोजीका लागि पनि विद्युतिय चिप्स महत्वपूर्ण हुने आरोहणको क्षेत्रमा काम गर्नेहरु बताउँछन् ।

आरोहीले चिप्स लगाउने व्यवस्थाका बारेमा केही वर्षदेखि छलफल भइरहेकोमा यसपटकबाट अनिवार्य गरिएको हो । हिउँमा हराएको व्यक्ति कहाँ छ भनेर पत्ता लगाउन समस्या भइरहेका बेला खोज्न उपयोगी हुने चिप्सको प्रयोग अरु हिमालहरूमा पनि अनिवार्य गरिँदै जाने पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताउनुभयो ।

Comments
Share
70
Shares

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki