Saturday, May 2, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

पञ्चकोटमा आयोजित ब्राह्माण्डी महायज्ञ समापन

Friday, March 8, 2024
पञ्चकोटमा आयोजित ब्राह्माण्डी महायज्ञ समापन
3k
VIEWS
Website Development Website Development Website Development

बागलुङ – बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको समापन गरिएको छ। यही फागुन ९ देखि २३ गतेसम्म सञ्चालन भएको महायज्ञमा नेपालसँगै भारतबाट लाखौँ तिर्थयात्रु र साधुसन्तको सहभागिता रहेको थियो।

सर्वसिद्धिधाम पञ्चकोटका संस्थापक एवं परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा पञ्चकोट धाम स्थापनाको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस महायज्ञ नेपालमै पहिलो पटक सम्पन्न भएको हो।

स्वामी कमलनयनाचार्यले जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरि धार्मिक पर्यटन विकास गर्न ब्राह्माण्डीय महायज्ञ गरिएको जानकारी दिए। उनले यसप्रकारको उपस्थिति, प्रतिबद्धता र सहभागिता महायज्ञमा हुनु अभूतपूर्व हो भन्दै पञ्चकोटधामको श्रीबृद्धिमा यस महायज्ञ सफल भएको प्रतिक्रिया दिए।

Order Cake Order Cake Order Cake

उनले महायज्ञको आयोजनादेखि समापनसम्म सहयोग गर्ने सबैमा कृतज्ञता ज्ञापन गर्दै यस प्रकारका अनुष्ठानप्रति समग्र देशबासीलाई महायज्ञले उत्प्रेरित गरिरहने अपेक्षा गरिएको धारणा राखे।

महायज्ञ भर हरेक दिन फरकफरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्रस्तरीय र राष्ट्रिय बहस भएको थियो। बहसले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ठूलो सन्देश दिएको यस राष्ट्रिय बहसका परिकल्पनाकार स्वामी कमलनयनाचार्यले बताए।

महायज्ञमा सहभागी भएका हजारौँ दर्शनार्थी देशको माया गरी सनातन हिन्दु धर्मको रक्षामा लाग्ने अपेक्षा लिएको उनको भनाइ छ। अब मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पुग्ने उनको विचार छ।

नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान नेपाली समाजको पुनर्जागरण गर्न ब्रह्माण्डीय महायज्ञले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

महायज्ञमा आफूले कल्पना गरेजस्तै गरी सबै नागरिकले सहयोग गरेको र यसले पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको पूर्णतामा पनि आगामी दिनमा सबैका साथ सहयोग रहने अपेक्षा गरिएको स्वामी कमलनयनाचार्यले बताए।

“महायज्ञका बेला हामीले जुन सम्मेलन गर्‍याैं, त्यसले हाम्रो देश नेपालमा मात्रै हाइन विश्वरभर सकरात्मक सन्देश दिएको छ। यो महायज्ञमा सबै भाषाभाषी, जातजाति, संस्कृति र सम्प्रदायका नागरिकको नै उल्लासमय सहभागिता थियो। सबै दिल फुकाएर आउनुभयो र मन बचन र कर्मले सहयोग गर्नुभयो” स्वामी कमलनयनाचार्यले भने, “प्रकृति, पर्यावरण, जल सम्पदा, कानुन सुरक्षा र न्याय प्रणाली, शिक्षा र शिक्षा प्रणाली, वैदिक सनातन धर्म, संस्कृति र भाषा साहित्य आदिका सम्बन्धमा सम्मेलन भयो, यसले एउटा जागरण ल्याउने काम गर्नेछ, हाम्रो पवित्र सम्पदा गण्डकीलाई नेपालसँग र नेपाललाई यसले विश्व ब्रह्माण्डसँग जोड्ने छ। यसप्रति हामी खुसी छौँ र सबैप्रति कृतज्ञ छौं।”

यही फागुन २३ गते मुक्तिनाथदेखि त्रिवेणी धामसम्मका १०८ जना नौ वर्षका कन्याले यस महायज्ञको उद्घाटन गरेका थिए। १५ दिवसीय रहेको महायज्ञमा राष्ट्रपति राचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपसभामुख इन्दिरा राना, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा प्रकाशशरण महत, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायतको सहभागिता रहेको थियो।

महायज्ञको ३१ फिट अग्लो मौलोलाई देशव्यापी घुमाएर पञ्चकोटमा भित्राइएको थियो। उक्त मौलो पुरिने गरि २१ हजार क्वीन्टल धान महायज्ञको पूर्व सन्ध्यामा ल्याइए पनि पनि भक्तजनहरुले थप एक हजार गरि २२ हजार क्वीन्टल धान मौलोमा राखिएको छ। महायज्ञबाट सुरु भई सवा लाखा श्रीफल (नरिवल) हवन गर्नै लक्ष्य राखिएको छ।

महायज्ञमा उपस्थित भक्तजनहरुले १२ हजार नरिवल हवन गरेका छन् र यस हवनलाई निरन्तरता दिइने सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिए। नरिवलमा काजु, किसमिस, केशर, बदामसहितका सर्वौषधि र पञ्चगब्य गरी ५४ प्रकारका हवनीय द्रव्य राखिएको छ।

नरिवललाई कालीगण्डकीको जलले धोएर यी द्रव्य भरिएको थियो। पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गर्न महायज्ञ भएको हो। हाल पञ्चकोटमा थुप्रै धार्मिक संरचनाहरु निर्माण भएका छन्। विसं २०७१ सालदेखि संरचना निर्माण गर्न थालिएकोमा हालसम्म ५० करोड बढीको संरचना निर्माण भइसकेको अध्यक्ष दाहालको भनाइ छ।

उनले भने, “महायज्ञ हामीले लक्ष्य राखे अनुसार पूरा गरेका छौँ, हजारौँ होइन लाखौँ भक्तजनले यहाँको अवलोकन गर्नु भयो, देश विदेशबाट पनि यहाँ आएर महायज्ञको गरिमा बढाउनुभयो, हाम्रो अभियानलाई धेरैले साथ दिनुभयो, ३१ फिट अग्लो मौलोलाई बाइस हजार क्वीन्टल भन्दा बढी धानले पुरियो, स्वःस्फुर्त रुपमा धेरैले सहयोग गर्नुभयो।”

‘महायज्ञले बागलुङमा लाखौँ पर्यटक भित्राएको छ र यहाँको पर्यटन र व्यवसायलाई पनि ठूलो टेवा पुर्‍याएको छ। यससँगै पञ्चकोट धामको महिमा विश्वमै पुगेको छ। देवदेश नेपालको धार्मिक तथा पुण्यभूमिको विकासका लागि यस यस महायज्ञबाट ठूलो सहयोग पुगेको छ’ स्वामी कमलनयनाचार्यको भनाइ छ।

Comments
Share
61
Shares

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki