Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सत्ता साझेदार दलका शीर्ष नेताहरुसँगको छलफल तीव्र, केन्द्रमा गृह मन्त्रालय

Wednesday, March 6, 2024
सत्ता साझेदार दलका शीर्ष नेताहरुसँगको छलफल तीव्र, केन्द्रमा गृह मन्त्रालय
3.1k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलका शीर्ष नेताहरुसँगको छलफललाई तीव्र पार्नुभएको छ । प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि छलफलमा जुट्नुभएको छ ।मन्त्रिपरिषद्मा जिम्मेवारी बाँडफाँट तथा अरु दलहरुलाई सत्ता गठबन्धनमा सहभागी गराउने प्रयास भैरहेको छ । प्रचण्ड र ओलीले हिजो नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एकसाथ भेट गरी सरकारमा सहभागी हुन आग्रह गर्नुभयो ।

त्यसअघि अस्ति प्रचण्डले नेता नेपालसँग भेट गर्नुभएको थियो । हिजोको छलफलपछि एमाले अध्यक्ष ओलीले नेता नेपालसँगको छलफल सकारात्मक नै भएको प्रतिक्रिया दिनुभएको छ । एकीकृत समाजवादीका  महासचिव घनश्याम भुसालका अनुसार अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरी सरकारमा जानेबारेमा निर्णय लिने बताउनुभएको छ ।

सरकारमा सहभागी हुने दलहरूको सङ्ख्या यकिन नहुँदा तथा शक्तिशाली मन्त्रालयहरूमा ठूला दलको दाबीले मन्त्रालय बाँडफाँटमा कठिनाइ देखिन्छ । सत्ता गठबन्धनलाई बलियो बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जसपाबाहेक एकीकृत समाजवादी र अन्य साना पार्टीलाई समेत सामेल गर्ने गरी मन्त्रिपरिषद् विस्तारलाई केही दिन थाती राखेर भए पनि छलफल गर्ने शीर्ष नेताको मनशाय छ ।

Order Cake Order Cake Order Cake

गठबन्धनमा सहभागी हुने दलहरूको टुङ्गो लागेपछि भागबन्डाको विषय टुङगोमा पुग्ने नेताहरुले बताएका छन् । उपप्रधान तथा गृहमन्त्रीसहित सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा सहभागी हुने तयारीमा छ  । गृहमा एमाले र माओवादीको पनि दाबी यथावत नै छ । अर्थ र परराष्ट्र छोड्नुपर्ने हुँदा गठबन्धनको ठूलो दलका रुपमा गृहमा एमालेको दाबी छ । माओवादीले अर्थ मन्त्रालय लिन सक्ने अवस्थामा एमालेको दाबी गृहमा हुनेछ ।

नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्ति सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गर्नुभएको छ । एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डीपी अर्यालले पद तथा गोपनीयताको सपथ लिएका छन् । तीनै जनाको मन्त्रालय तोकिएको छैन । नवगठित सत्ता गठबन्धनका चार दलबीच आठबुँदे सहमतिमा सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने सहमति छ ।

Comments
Share
74
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki