Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

लघुवित्त पीडितले संसद् भवन परिसरभित्रै पुगेर प्रदर्शन गरे

Monday, February 26, 2024
लघुवित्त पीडितले संसद् भवन परिसरभित्रै पुगेर प्रदर्शन गरे
2.8k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – लघुवित्त पीडितहरूले सङ्घीय संसद् भवन परिसरभित्रै प्रदर्शन गरेका छन् । आज दिउँसो संसद् बैठक चलिरहेका बेला लघुवित्त पीडितहरू संसद् भवन परिसरभित्रै पुगेर नाराबाजी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले लगाएको निषेधित क्षेत्र तोडेर लघुवित्त पीडितहरू सङ्घीय संसद् भवन परिसरमा प्रवेश गरेका हुन् । उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डाैले जनाएको छ ।

संसद् भवन परिसरमा विशेष प्रवेश पास लिएर मात्रै प्रवेश दिने व्यवस्था छ । प्रवेश गर्ने व्यक्तिहरूलाई पनि सुरक्षा जाँच हुन्छ । संसद् भवन परिसरमा तीन वटा ढोका छन् । नयाँ बानेश्वर चोकतर्फको दुई नम्बर गेटबाट उनीहरू प्रवेश गरेको प्रहरीले जानकारी गराएको संसद् सचिवालयले जनाएको छ । दुई नम्बर गेट सांसदहरूको आवतजावतका लागि मात्रै खुला हुन्छ । सांसदहरू बाहिरिने क्रममा पूरै ढोका खोलिएको र अचानक महिलाहरू बलपूर्वक भित्र पसेका प्रहरीले जानकारी गराएको सचिवालयले जनाएको छ । गेटमा पुरुष प्रहरी मात्रै रहेको र महिलालाई रोक्न महिला प्रहरी बोलाउँदासम्म उनीहरू भित्र पसेका प्रहरीले जनाएको छ ।

Order Cake Order Cake Order Cake

नेपाल प्रहरीले लघुवित्त पीडितहरू संसद् भवन परिसरमा प्रवेश गरेको बारेमा छानबिन गर्न काठमाण्डाै उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक (डीएसपी) दिनेश घिमिरे सदस्य रहेको समिति गठन गरेको र समितिको प्रतिवेदनपछि थप कदम चाल्ने प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले बताउनुभयो ।

प्रदर्शनकारीहरूलाई संसद् भवनभित्र जानबाट भने संसद् भवनको भित्री सुरक्षामा खटिएका मर्यादापालकले रोकेका थिए । संसद् भवन परिसरमा नाराबाजीपछि उनीहरूले त्यहीँ सुतेर प्रदर्शन गरेका थिए ।

लघुवित्तबाट लिइने महँगो ब्याज घटाउनुपर्ने माग गर्दै विगत एक हप्तादेखि काठमाण्डौको विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका उनीहरू देशका विभिन्न ठाउँबाट हिँडेरै काठमाण्डौ आएका हुन् ।

Comments
Share
54
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki