Sunday, May 31, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

एम्बुलेन्समार्फत लागूऔषधको तस्करी, ३२५ किलो गाँजा बरामद

Monday, February 26, 2024
एम्बुलेन्समार्फत लागूऔषधको तस्करी, ३२५ किलो गाँजा बरामद
6.3k
VIEWS
Website Development Website Development Website Development

विराटनगर- बिरामी ओसारपसारमा प्रयोग गरिँदै आएको अतिआवश्यकीय सवारीसाधन एम्बुलेन्समार्फत कोशी प्रदेशमा लागूऔषध गाँजाको तस्करी गर्ने क्रम बढेको छ।

सुनसरी र धनकुटाबाट गाँजा ओसारपसारमा प्रयोग गरिएको दुईवटा एम्बुलेन्ससहित आइतबार नेपाल तथा सशस्त्र प्रहरीले ठूलो परिणाममा गाँजा बरामद गरेको छ। दुवै स्थानमा गरेर ३ सय २५ किलोग्राम गाँजा बरामद भएको छ। सुनसरीबाट सशस्त्र र धनकुटाबाट नेपाल प्रहरीले गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो। धनकुटाबाट एम्बुलेन्स चालक पनि पक्राउ परेका छन्।

बिरामीलाई उपचारका लागि जतिसक्दो चाँडो स्वास्थ्य संस्थामा पु¥याउन मद्दत गर्ने सवारीसाधन एम्बुलेन्स सुरक्षा निकायको चेकजाँच एवं निगरानीमा कम पर्ने गरेको छ। सामान्य अवस्थामा सुरक्षा चेकजाँचमा नपर्ने भएकाले त्यसको फाइदा उठाउँदै गाँजाको अवैध धन्दामा संलग्नले ओसारपसारमा एम्बुलेन्सको प्रयोग गरिरहेको निष्कर्ष प्रहरीको छ।

Order Cake Order Cake Order Cake

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–धरान सडकखण्डअन्तर्गत बगुवादेखि सूर्यकुण्ड जाने भित्री सडकबाट सशस्त्र प्रहरीले २ सय ७३ किलोग्राम गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले ९ वटा बोरामा प्याक गरी एम्बुलेन्समा लोड गरेर राखेको अवस्थामा गाँजा बरामद भएको बताए।

उनका अनुसार सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चतराबाट खटिएको टोलीले बिहानका राति २ः३० बजेतिर गाँजा बरामद गरेको हो। विशेष सूचनाका आधारमा को १ च २९३७ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा फेला परेको जानकारी पोखरेलले दिए।

उनका अनुसार एम्बुलेन्सलाई नियन्त्रणमा लिनसाथ चालक र गाँजा ओसारपसारमा संलग्न रहेका व्यक्तिहरु भने फरार भएका छन्। गाँजा भारततर्फ लैजाने तयारी गरिएको हुनसक्ने सशस्त्रले जनाएको छ। बरामद गाँजासहित एम्बुलेन्सलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको डीआईजी पोखरेलले बताए। उनका अनुसार पछिल्लो समय एम्बुलेन्ससहित विभिन्न सवारीसाधनको प्रयोग गरेर गाँजा ओसारपसार गर्ने क्रम बढेको छ।

त्यस्तै, एम्बुलेन्समा लोड गरेर सुनसरीको धरानतर्फ ल्याउँदै गरेको ५२ किलोग्राम गाँजा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट नेपाल प्रहरीले बरामद गरेको छ। धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा बरामद भएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले जानकारी दिए।

उनका अनुसार एम्बुलेन्सभित्र गाँजा बरामद भएपछि चालक विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय जयदेव चेललाई पक्राउ गरिएको छ। गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले एम्बुलेन्सलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो।

पक्राउ परेका चालक चेललाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको डीआईजी खापुङले बताए। उनका अनुसार चेलविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने छ।

Comments
Share
69
Shares

Related Posts

स्थानीय तहमा मापदण्ड तयार नगरी करोडौँ रुपियाँ खर्च
स्थानीय

स्थानीय तहमा मापदण्ड तयार नगरी करोडौँ रुपियाँ खर्च

अछामको एक स्वास्थ्य चौकीको ‘फ्रिज’ मा मादक पदार्थ
स्थानीय

अछामको एक स्वास्थ्य चौकीको ‘फ्रिज’ मा मादक पदार्थ

रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एकजनाको मृत्यु
स्थानीय

हुरीले ढालेको रुखले किच्दा एकजनाकाे मृत्यु

यार्सागुम्बा सङ्कलनका क्रममा  लेक लागेर चारजनाको मृत्यु
स्थानीय

यार्सागुम्बा सङ्कलनका क्रममा लेक लागेर चारजनाको मृत्यु

कार्यालय परिसर सफा नराखे कारबाही गर्ने महानगरपालिकाकाे चेतावनी
स्थानीय

काठमाडौँमहानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

वीरेन्द्र तालमा हिमपहिरो खस्दा पानी ‘ओभर फ्लो’ भएर तटीय क्षेत्रमा बाढी
पर्यटन

वीरेन्द्र तालमा हिमपहिरो खस्दा पानी ‘ओभर फ्लो’ भएर तटीय क्षेत्रमा बाढी

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki