Saturday, June 20, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

बाँसबारी छालाजुत्ता कारखानाको तीन जिल्लाको सरकारी जग्गा व्यक्तिको नाममा

Thursday, February 22, 2024
बाँसबारी छालाजुत्ता कारखानाको तीन जिल्लाको सरकारी जग्गा व्यक्तिको नाममा
1.6k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- बाँसबारी छालाजुत्ता कारखानाको छाला संकलन केन्द्रका तीन जिल्लाको सरकारी जग्गा व्यक्तिको नाममा पुगेको पाइएको छ ।  बाँसबारीको सरकारी जग्गा व्यक्तिको नाममा नामसारीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा तीन जिल्लामा छाला संकलन गर्न खोलिएका केन्द्रको जग्गा व्यक्तिको नाममा पुगेको पाइएको हो ।  सीआईबी स्रोतका अनुसार, छाला संकलन केन्द्र मकवानपुरको हेटौंडा उपमहानगर–१ मा रहेको ६ कट्टा जग्गा व्यक्तिका नाममा पुगेको छ ।

त्यस्तै, सुनसरीको धरान र सिरहाको लालबन्दीमा भएको ४/४ कट्ठा सरकारी जग्गा व्यक्तिको नाममा पुगेको देखिएको छ ।  सरकारी जग्गा गैरकानुनी तरिकाले आफ्नो नाममा नामसारी गर्नेमाथि सीआईबीले अनुसन्धान तीब्र पारेको छ ।

Order Cake Order Cake Order Cake

यद्धपी उक्त जग्गा क–कसको नाममा पुगेको छ भन्ने बारे सीआईबीका एसएसपी दिनेश आर्चायले अनुसन्धानकै क्रममा भएकाले सबै कुरा भन्न नमिल्ने बताए । यसअघि सीआईबीले बाँसबारी छाला–जुत्ता कारखानाको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये चौधरी ग्रुपले सञ्चालन गरेको च्याम्पियन फुटवयेरको नाममा १० रोपनी जग्गा पुगेको खुलेको थियो ।

त्यही आरोपमा सीआईबीले व्यवसायी अरुण चौधरीलाई १८ माघमा पक्राउ गरेको थियो ।  चौधरीसहित छाला कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायणसिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सन्जय ठाकुरलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई सीआइबीले पाँच दिन थुनामा राखेर अनुसन्धान गरेको थियो । तर, जिल्ला अदालतले थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनीहरु छुटेका थिए । सीआईबीको अनुसन्धानले २०४३ भदौ १० मा अरुण चौधरीको नाममा नामसारी भएको देखिएको छ । उनीहरुमाथिको अनुसन्धान अझै जारी छ ।

चौधरीसहित तीन जनामाथि सीआईबीले कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।  कारखानाका कार्यकारी प्रमुख अजितनारायणसिंह थापाले सरकारलाई हानि–नोक्सानी हुने गरी २०४३ सालमै निर्णय गरेको पाइएको छ ।

हेटौडा, धरान र सिरहाका जग्गासमेत थापाकै निर्यणबाट व्यक्तिको नाममा पुगेको सीआईबीको अनुसन्धानमा खुलेको छ ।

चौधरी दाजुभाईको बयान लिने सीआईबीको तयारी

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यवसायी अरुण चौधरीको नाममा रहेको खुलेपछि अरुणलाई पक्राउ गरेको सीआईबीले उनका दाजु सांसद विनोद चौधरी र बसन्त चौधरीको समेत बयान लिने तयारी गरेको छ ।

बाँसबारीको जग्गा अरुण चौधरीका बुबा लुनकरणदास चौधरी हुँदा नै सरकारी छालाजुत्ता कारखाना र निजी चौधरी ग्रुपको च्याम्पियन फुटवयेरको सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार जुत्ता कारखाना सञ्चालन हुँदा चौधरीका दाजुभाईले सेयर लिएको खुलेको छ ।

सीआईबीको बयानका क्रममा समेत पक्राउ परेका अरुण चौधरीले बुबाकै अग्रसरतामा कानुनी तरिकाले बासवारीको जग्गा नाममा आएको बताएका थिए । हाल लुनकरण दासको भने मृत्यु भइसकेको छ ।

सीआईबीले विश्वको अर्वपति सूचीमा सूचीकृत व्यापारी विनोद चौधरी र बसन्त चौधरीको समेत बयान लिने तयारी गरेको हो । सीआईबीका स्रोतले भने, “हामी अनुसन्धानकै क्रममा छौं । बयानका लागि विनोद चौधरी र बसन्त चौधरी पनि बोलाउने तयारी गरेका छौं । केही दिनभित्रै बोलाउँछौं ।”

सीआईबीले बाँसवारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा कीर्ते मुद्दामा दुई वर्ष लगाएर अनुसन्धान गर्ने कानुनी सुविधा पाएको छ । तर, सीआईबीले केही समयमै अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन बुझाउने गरी काम थालेकाे छ ।

Comments
Share
77
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki