Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

राजनीतिक गठबन्धनका विषयमा महामन्त्री थापा आफ्नो निर्णयबाट पछि नहटेपछि सभापति देउवाकाे सहमती

Tuesday, February 20, 2024
राजनीतिक गठबन्धनका विषयमा महामन्त्री थापा आफ्नो निर्णयबाट पछि नहटेपछि सभापति देउवाकाे सहमती
7.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकमा पेस गर्न तयार पारेको सांगठनिक प्रतिवेदनमा प्रस्ताव गरेका छन्– ‘चुनावमा कुनै पनि दलसँग गठबन्धन नगरौँ ।’

तर, पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई थापाको प्रस्ताव चित्त बुझेन । उनीहरूले प्रतिवेदन ‘सच्याउन’ जोड दिइरहे । अहिलेको सत्ता गठबन्धनका दलहरूलाई बिच्काउन नहुने संस्थापन पक्षको भनाइ थियो । उनीहरूको तर्क थियो, ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने विषयमा तत्कालीन परिस्थिति हेरेर त्यतिबेलै निर्णय लिन सकिन्छ ।’

पार्टी सभापति शेरबहादुर देउवाले ‘चुनावमा गठबन्धन नगर्ने’ भन्ने प्रतिवेदनको वाक्यांस फेर्न महामन्त्री थापासँग पटक–पटक आग्रह गरे। थापाले मानेनन्। तर, महामन्त्री थापालाई संस्थापन इतर शेखर कोइराला समूहको समर्थन छ।

Order Cake Order Cake Order Cake

त्यसैकारण उनी आफ्नो प्रस्तावबाट टसमस भएनन्। महासमिति उद्घाटनपछि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक देउवा निवासमा बस्यो। त्यहाँ पनि महामन्त्री थापा आफ्नो अडानमा अडिग रहे। चुनावमा गठबन्धन नगर्ने प्रस्ताव लैजाने अडान लिए। ‘विगतमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो,’ अब गर्दैनौं,’ बैठकपछि महामन्त्री थापाले  भने, ‘यही प्रस्ताव महासमितिमा लैजाने निर्णय भयो।’ तर, अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने गठबन्धन शब्द उल्लेख नगर्ने सहमति बनेको बताए। ‘गठबन्धनबारे मौन बस्ने र संगठन निर्माणमा ध्यान दिने कुरा आयो,’ शर्माले भने, ‘संगठन बलियो बनाइयो भने कांग्रेसलाई अरू दलसँग गठबन्धन गर्ने आवश्यक्तै पर्दैन।

महामन्त्री थापालगायतका नेताहरूले एक्लै चुनावमा जाने नीतिमा अडान लिएपछि देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल भेटन बालुवाटार पुगेका थिए। त्यस क्रममा देउवाले ‘पार्टीभित्रको विवादका कारण गठबन्धनमा असर नपर्ने’ आश्वासन दिएका थिए। त्यसपछि देउवा पदाधिकारी बैठकमा सहभागी भएका थिए।

महामन्त्री थापाले सरकार निर्माणमा भने गठबन्धन गर्न सकिने प्रस्तावमा उल्लेख गरेका छन्। चुनावी प्रणालीका कारण कुनै एक दलको बहुमत आउन नसक्ने भएकाले सरकार निर्माणमा गठबन्धन गर्न सकिने भए पनि गठबन्धन बनाएर चुनावमा जान नहुने उनको प्रस्ताव छ।

अहिले नै चुनावी गठबन्धनबारे निर्णय गरे सत्ता गठबन्धनमा तलमाथि हुनसक्ने भय सभापति देउवालाई छ। गठबन्धन गर्न नहुनेलगायत महामन्त्री थापाले प्रतिवेदनमा राखेका केही विषयप्रति सभापति देउवा असन्तुष्ट छन्। विशेष गरी १५औं महाधिवेशनका लागि अहिलेदेखि नै मिति तोक्ने प्रस्ताव, गठबन्धन, राष्ट्रियसभा निर्वाचन र विधानबारे थापाले प्रतिवेदनमा राखेका विषयमा देउवाको असन्तुष्टि छ।

Comments
Share
76
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki