Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको निर्णयबिनै निजी कम्पनीलाई सुम्पेको सिआइबीकाेठहर

Saturday, February 3, 2024
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको निर्णयबिनै निजी कम्पनीलाई  सुम्पेको सिआइबीकाेठहर
4.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा सरकारको निर्णयबिनै निजी कम्पनीलाई सुम्पेको ठहर गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पत्रकार सम्मेलन गरी बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडसहित त्रिपक्षीय साझेदारीमा च्याम्पियन फुटवेयर प्रालि स्थापना गरी १० रोपनी सरकारी सम्पत्ति हिनामिना गरिएको जनाएको हो ।

अनुसन्धान ब्युरोले सोही प्रकरणमा तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष ८० वर्षीय अजितनारायण सिंह थापा, तत्कालीन च्याम्पियन फुटवेयर प्रालि तथा च्याम्पियन फुटवेयरका सेयरधनी तथा सञ्चालक ६० वर्षीय अरुणकुमार चौधरी र तत्कालीन च्याम्पियन फुटवेयर प्रालि तथा सिजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक ४५ वर्षीय सञ्जय ठाकुरलाई पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक एवं केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख किरण वज्राचार्यले पक्राउ परेका तीनै जनाको थप अनुसन्धानका लागि अदालतबाट चार दिनको म्याद पाएको बताउनुभयो ।

Order Cake Order Cake Order Cake

सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले बाँसबारी छाला उद्योगका तत्कालीन अध्यक्ष थापा र चौधरी परिवारका तर्फबाट लुनकरणदास चौधरीबिच प्रवर्धन सम्झौता भएको देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्यान्भास जुत्ता उत्पादन गर्ने भनेर त्यो सम्झौतामा ५१ प्रतिशत बलुनकरणदास चौधरी र परिवार, २५ प्रतिशत बाँसबारी छाला जुत्ता कम्पनीको र २४ प्रतिशत स्थानीयवासीको सेयर हुने भनियो । यो निर्णय २०४३ भदौ १३ गते च्याम्पियन्स फुटवेयर लिमिटेडमा बाँसबारी छाला जुत्ताको सेयर रहने निर्णय भएको देखिन्छ ।”

उहाँका अनुसार सोही क्रममा २०४३ कात्तिक २७ गते कम्पनी दर्ता भएको र २०४४ भदौ ५ गते बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको छ रोपनी जग्गा दुई लाख ५० हजार रुपियाँप्रति रोपनीका दरले १५ लाख रुपियाँ बराबर कायम गरेर च्याम्पियन फुटवेयरको नाममा नामसारी गरिएको देखिएको छ । उहाँले कम्पनी प्रवर्धनका लागि थप एक लाख रुपियाँ खर्च गरेको र थप चार रोपनी जग्गा पनि च्याम्पियनकै प्रयोजनमा ल्याइएको देखिएको बताउनुभयो । उहाँका अनुसार उक्त निर्णय २०४४ मङ्सिर १८ गते भएको हो ।

उहाँले भन्नुभयो, “बाँसबारी छाला जुत्ता कारखानाको २६ लाख रुपियाँ लगानी भएको देखिन्छ । सुरुमा कम्पनी स्थापना गर्दाको पुँजी ५० लाख रुपियाँ थियो । पछि एक करोड रुपियाँ पुँजी बनाएको देखिन्छ । लगानीको हिसाबले हेर्दा नागरिकले पाउने सेयर कतैबाट पनि जारी भएको देखिँदैन ।

एसएसपी आचार्यका अनुसार अन्य लगानीकर्ताबाट ७४ लाख रुपियाँ लगानी गर्नुपर्ने भए पनि त्यसमा आठ लाख रुपियाँ मात्रै लगानी भएको देखिन्छ । उहाँले भन्नुभयो, “पहिले १० रोपनी लिएको र बाँकी आठ रोपनी पनि लिने उद्देश्य राखेको देखिन्छ । २०४९ असार २३ गते निजीकरण गर्ने सन्दर्भमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयरबारे निर्णय भएर गयो । २०५२ साउन ११ मा अरुण चौधरीले खरिद गरेको देखिन्छ । २०५४ साउन १२ मा पब्लिक लिमिटेड कम्पनीबाट प्राइभेट कम्पनीमा रूपान्तरण गरिएको देखिएको छ ।”

उहाँले तत्कालीन सरकारको कित्ता नम्बर ५० को १८ रोपनी तीन आना दुई पैसा जग्गा तत्कालीन श्री ५ को सरकारको निर्णयबिना जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभएको सञ्चालक समितिले हिनामिना गरेको बताउनुभयो । उहाँले किर्ते कागज र ठगी शीर्षकमा अनुसन्धान भइरहेको बताउनुभयो ।

Comments
Share
68
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki