काठमाडौँ – काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीकाे पानी छिटोकाठमाडौँ ल्याउन माग गर्दै प्रदर्शन गरेको छ ।

आज सोमवार काठमाण्डाैकाे कोटेश्वरदेखि मीन भवनसम्म समितिले प्रदर्शन गरेकाे हाे । प्रदर्शनमा सहभागी भएकाहरूले पानी राख्न प्रयोग हुने जार, बाल्टी, गाग्री, कलशलगायतका सामग्री प्रदर्शन गरेका थिए ।

उनीहरूले मेलम्चीकाे पानी छिटो खोल, मेलम्ची खानेपानीमाथिको चलखेल बन्द गर लगायतका नारासमेत लगाएका थिए ।




Comments
Share







