Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

राष्ट्रियसभा चुनावमा सक्षम र नयाँलाई अवसर दिनुपर्नेमा कांग्रेसको शेखर कोइराला पक्षकाे जोड

Thursday, December 14, 2023
राष्ट्रियसभा चुनावमा सक्षम र नयाँलाई अवसर दिनुपर्नेमा कांग्रेसको शेखर कोइराला पक्षकाे जोड
2.6k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – कांग्रेसको शेखर कोइराला पक्षले राष्ट्रियसभा चुनावमा सक्षम र नयाँलाई अवसर दिनुपर्नेमा जोड दिएको छ। यसका लागि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने कोइराला समूहको निष्कर्ष छ। राष्ट्रियसभाका एकतिहाइ सदस्यका लागि माघ  ११ गते निर्वाचन हुँदैछ।

संस्थापन इतर समूहको बुधबार बसेको बैठकले मापदण्ड बनाएर मात्रै पार्टीले राष्ट्रियसभा उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिएको हो। राष्ट्रियसभा अध्यक्षको नेतृत्व लिने गरी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई राष्ट्रियसभा उम्मेदवार बनाउने भनी चर्चा चलिरहेका बेला कोइराला समूहले भने नयाँलाई अवसर दिनुपर्ने माग अघि सारेको हो। संस्थापन इतर समूहको बैठकपछि महामन्त्री गगन थापाले राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड बनाउनुपर्ने बताए।

थापाले भने, ‘१४ औं महाधिवेशनपछि हामीले तीनवटा चुनाव गरायौं। तर, एकपटक पनि मापदण्ड बनाउन सकेनौं। सभापतिले न्यायपूर्ण व्यवहार गर्नुभएन।’ डा. कोइरालाले पार्टी र देश ठीक ढंगले नचलेको बताए। संस्थापन इतर समूहका कुनै मतभेद नरहेको दाबी गर्दै कोइरालाले भने, ‘नेपाली कांग्रेसको एउटा समूहले गरेको छलफललाई ठूलो बनाउनु आवश्यक छैन।’

Order Cake Order Cake Order Cake

एजेन्डागत रूपमा महामन्त्री थापा र आफूबीच कुनै विवाद नरहेको पनि कोइरालाले बताए। उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले राष्ट्रियसभा चुनावमा कांग्रेसबाट सक्षम व्‍यक्तिले अवसर पाउनुपर्ने बताए। उनले भने, ‘राष्ट्रियसभा चुनावमा पटक–पटक अवसर पाएकाले नभई कहिल्‍यै अवसर नपाएकाले नेतृत्व गर्न पाउनुपर्छ।’ संस्थापन इतर पक्षका अर्का नेता गुरुराज घिमिरेले चुनाव हारेकाहरूलाई राष्ट्रियसभामा लैजान नहुने बताए।

उनले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयनका लागि पार्टीले मापदण्ड बनाउनुपर्ने बताए। अर्का नेता अर्जुननरसिंह केसीले व्यक्तिगत क्षमता, राष्ट्रिय आवश्यकता र मापदण्ड हेरेर मात्रै राष्ट्रियसभामा मौका दिनुपर्ने बताए। यस्तै बैठकमा महामन्त्री थापाले संसदीय दलको नेताको उम्मेदवारमा शेखर कोइरालालाई प्रस्ताव गरेका थिए ।

पार्टीको १५औं महाधिवेशन ०८२ सालमै गर्नका लागि संसदीय दलको नेता फेर्नुपर्ने र त्यसका लागि इतर समूहबाट कोइरालालाई उम्मेदवार बन्न थापाले प्रस्ताव गरेका हुन्।  ‘पार्टी सभापति शेरबहादुर देउवालाई अब पनि प्रधानमन्त्री बन्न दिने हो भने ०८२ मा महाधिवेशन हुन सकस हुन्छ,’ थापाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

Comments
Share
42
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki