Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे ग्राउन्ड ह्यान्डलिङमा नेपाल वायुसेवा निगमको एकाधिकार तोडिने

कान्तिपुर दैनिक

Saturday, December 2, 2023
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे ग्राउन्ड ह्यान्डलिङमा नेपाल वायुसेवा निगमको एकाधिकार तोडिने
1.5k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरूको भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ) मा नेपाल वायुसेवा निगमको एकाधिकार तोडिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरले अबदेखि ग्राउन्डह्यान्डलिङ प्रतिस्पर्धाका माध्यमबाट गर्ने भएपछि निगमको एकाधिकार तोडिने भएको हो ।

प्राधिकरणले यसबारे शुक्रबार निर्णय गर्दै आफ्नो एक्स पेजमार्फत निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको भूमिस्थ प्रबन्ध सेवालाई अब कानुनअनुसार प्रतिस्पर्धामार्फत गराउने निर्णय गरेको उल्लेख गरेको छ ।

प्राधिकरणले यो निर्णय युरोपियन युनियन (ईयू) ले नेपाली वायु सेवालाई आफ्ना सदस्य मुलुकमा लगाएको प्रतिबन्धको निरन्तरता दिने निर्णय गरेको दोस्रो दिन गरेको हो ।

Order Cake Order Cake Order Cake

वायुसेवा सञ्चालनमा निगमका अत्याधिक कमीकमोजरीसहित ईयूले नेपाललाई प्रतिवेदन बुझाएसँगै प्राधिकरणले अबदेखि भूमिस्थ प्रबन्ध सेवालाई प्रतिस्पर्धामार्फत गराउने निर्णय गरेको हो । ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७५ को नियम ५ (२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय भएको छ,’ प्राधिकरणले आफ्नो आधिकारिक एक्स पेजमा लेखेको छ ।

निगमले काठमाडौंमा आउने विदेशी विमान तथा कार्गो चार्टर उडानको भूमिस्थ सेवा सञ्चालन गर्दै वार्षिक कम्तीमा ३ अर्ब रुपैयाँ हाराहारी आम्दानी गर्दै आएको छ । प्राधिकरणले अब प्रतिस्प्रर्धा गराउँदा निगमले भूमिस्थ सेवा गुमाएमा उसलाई निगम सञ्चालन गर्न कठिन हुने छ । हाल निगमका १२ सयभन्दा बढी कर्मचारीको सेवा सुविधा यही भूमिस्थ प्रबन्ध सेवाको आम्दानीमा निर्भर रहेको उसले जारी गरेका वित्तीय प्रतिवेदनहरूमा देखिन्छ ।

निगमले हाल आफ्नोसहित ३० वटा अन्तर्राष्ट्रिय वायुसेवाका जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवाअन्तर्गत ती जहाजको सरसफाइ, उडानका लागि ट्याक्सी वेसम्म पुसब्याक, जहाजमा कार्गो लोड गर्ने झिकेर टर्मिनल भवनमा ल्याइदिनेलगायतको सेवा दिँदै आएको छ । यो सेवा गरेबापत उसले विदेशी वायुसेवाहरूबाट अमेरिकी डलरमा जहाजको प्रकार, तौलअनुसार दस्तुर उठाउछ । प्राधिकरणको क्षेत्रभित्र निगमले यो सेवा गरेवाफत विमानस्थललाई भाडा दिने गरेको छ ।

यसैबीच प्राधिकरणले नेपाल वायुसेवा निगममा हालै युरोपिनय युनियनले गरेको अडिट (सम्परीक्षण) मा अत्याधिक सुधार गर्नुपर्ने, उडान सुरक्षा प्रणाली कमजोर देखिएको, बारम्बार अडिटका क्रममा देखिएका त्रुटि सुधार नगरेको लगायतका दर्जनौं विषय त्यहाँको नेतृत्वका कारण कमजोर भएको उल्लेख गर्दै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रदान गरिएको ‘एकाउन्टेबल म्यानेजर’ को अधिकार खोस्ने सात दिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले अधिकारीलाई शुक्रबार स्पष्टीकरण सोध्दै सात दिनभित्र जवाफ मागेको छ ।

यसैबीच निगममा रहेको कांग्रेसनिकट कर्मचारी संगठनले कार्यकारी अध्यक्ष अधिकारी निगममा राजनीति फेरो समातेर आएपछि निगमको आर्थिक अवस्था खस्केको, भ्रष्टाचार बढेको, नेतृत्व प्रभावकारी नभएको जनाउँदै कार्यकारी प्रमुखबाट बर्हिगमन हुन ९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

Comments
Share
25
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki