Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै

Sunday, November 19, 2023
सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै
1.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

 यस पर्वले धनी, गरिब, मधेशी, पहाडी, हिन्दु, मुस्लिम, महिला, पुरुषलगायत सबै वर्ग, समुदाय र तहतप्कामा लोकप्रियता हासिल गर्दै आएको छ ।

राजधानी काठमाडौँका कमलपोखरी विशेष रूपमा सजाइएको छ । रानीपोखरी निर्माणाधीन अवस्थामा रहेकाले कमलपोखरीमा नै रानीपोखरीको झल्को दिने गरी अस्थायी रूपमा गोपालेश्वर मन्दिर निर्माण गरिएको छ । त्यसै गरी पशुपतिस्थित गुह्येश्वरीमा समेत विगत वर्ष झैँ यो वर्ष पनि छठ पूजाका लागि विशेष तयारी गरिएको छ । त्यसै गरी राजधानीको नक्सालस्थित नागपोखरी, ललितपुरको सानेपा र विभिन्न कामले राजधानीमा बसोबास गर्दै आएका तराईबासी छठ पर्व मनाउन प्रायः आआफ्नो गाउँ नै जाने गर्दछन् भने केहीले राजधानीमा मनाउँदै आएका छन् ।

संस्कृतिविद् डा. रामदयाल राकेश कात्तिक महिनाको प्रारम्भसँगै विशेष शुद्धाशुद्धिका साथ तयारी गरिने यस पर्वको शुभारम्भबारे विभिन्न कथा र किंवदन्ती रहेको बताउनुहुन्छ । उहाँले सत्ययुगमा सरयाती नामका राजाकी सुपुत्री सुकन्याले पहिलो पटक छठ पर्व प्रारम्भ गरेको उल्लेख गर्नुभयो । महाभारतको प्रसङ्गलाई उल्लेख गर्दै उहाँले पाण्डवहरूको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको बताउनुभयो । त्यसबेलादेखि नै छठ पर्वको सुरुवात भएको धेरैको विश्वास छ । त्यसै गरी सूर्यपुराणमा अत्रिमुनिकी अर्धाङ्गिनी सती अनुसुयाले छठ पर्व गरेको उल्लेख पाइन्छ । त्यस्तै कुष्ठरोगबाट पीडित कवि मयूर भट्टले सूर्यको उपासना र पूजाबाट पुनः सुन्दर र स्वस्थ्य शरीर प्राप्त गरेको कथासँग जोडिएर छठ पर्वको सुरुवात भएको संस्कृतिविद् डा. राकेशको भनाइ छ ।

यो पर्वको पहिलो दिनलाई ‘नहान–खान’ भनिन्छ । यो दिन ब्रतालुहरू स्नान, ध्यान गरी खासगरी अरुवा चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाई ग्रहण गर्ने गर्छन् । छठी पूजाको पहिलोे दिन अर्थात् कात्तिक शुक्ल चौथीको दिनदेखि विशेष शुद्धाशुद्धि अपनाइन्छ । यस दिनदेखि व्रतालुले खानामा लसुन, प्याज, मसुरोको दाल र कोदोसमेत परित्याग गर्दछन् ।

दोस्रो दिन अर्थात् पञ्चमीका दिनलाई ‘खरना’ भनिन्छ । यो दिन व्रतालुहरू दिनभरि उपबास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र भाँडामा सक्खर, दुध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको सो खिरलाई व्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा ग्रहण गर्दछन् । यस पर्वको तेस्रो दिन अर्थात् षष्ठीका दिनलाई यस पर्वको प्रमुख अंशका रूपमा मानिन्छ । यस दिनलाई ‘सँझिया घाट’ भनिन्छ । यो दिन बिहानैदेखि चामल र पिठोको ठेकुवा कसारलगायतका परिकार पकाइन्छ । तयार पारिएका परिकार, पाँच थरीका मिठाई, उखु, अदुवा, नरिवल, मुला, सुठुनी, सुपारी, ल्वाङ, सुकुमेललगायतका प्रसाद बाँसको टोकरी, नाङ्लो सिपुलीमा राखेर साथै शुद्ध जल र गाईको दुधसहित व्रतालु परिवारका सदस्यसहित नजिकको जलाशयमा जान्छन् र अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालु घर फर्कन्छन् ।

कतिपय व्रतालु घर नफर्किएर पूजास्थलमा नै रातभरि जाग्राम बस्छन् । त्यहाँ कसै कसैले भाकल गरे अनुसार विभिन्न देवीदेवताको माटोको मूर्ति बनाई विशेष पूजाआजा गरिन्छ, जसलाई ‘कोसिया’ भनिन्छ । भोलिपल्ट कात्तिक सप्तमीका दिन व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो महापर्वको महायात्रा यहीँ सम्पन्न भएको मानिन्छ ।

Comments
Order Cake Order Cake Order Cake
Share
21
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki