Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

रास्वपाले मंसिर २, ३ र ४ गते तीन दिन घरदैलो अभियान सञ्चालन गर्ने

Friday, November 17, 2023
राष्ट्रिय स्वतन्त्र पार्टीकाे संसदीय समितिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय
1.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर २, ३ र ४ गते तीन दिन घरदैलो अभियान सञ्चालन गर्ने भएको छ। रास्वपाले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११ लाखभन्दा बढी जनमत दिइ निर्वाचित गराएको भन्दै मतदाताको सम्मानमा सो अभियान सञ्चालन गर्ने निर्णय कात्तिक २३ गते गरेको थियो।

रास्वपाका महामन्त्री तथा प्रवक्त डा. मुकुल ढकालका अनुसार सबै निर्वाचन क्षेत्रमा मुख्य तीन प्रश्नसहित सो घरदैलो अभियान सञ्चालन हुनेछ। रास्वपाले पार्टीको सबल वा दुर्लभ पक्षसँगै सुझाव सङ्कलन गर्नेछ।

उहाँले नेता चुनावको बेला मात्रै होइन, अरु बेला पनि जनताको घरदैलो पुग्नुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “जुन मान्यता हाम्रो पार्टीले राख्छ, त्यो अनुसार चुनाव सकिएको एक वर्षमै जनताको घरदैलो पुगेर जनतासँग सुझाव, सल्लाह र जनताको खबरदारी लिन यो कार्यक्रम राखेका हौं।”

Order Cake Order Cake Order Cake

रास्वपाले वितरण गर्ने मुख्य तीन प्रश्न :

१) तपाईंको विचारमा हाम्रो कमीकमजोरी र गल्तीहरु के–के हुन् ? कृपया स्पष्ट खुलाइदिनुहोस्।

२) हाम्रो लागि तपाईंका सुझाव के–के हुन् ? कृपया बुँदागतरुपमा उल्लेख गर्नुहोस्।

३) आफ्नो क्षेत्रमा तपाईंले देख्नुभएका तीन मुख्य समस्या प्राथमिकताका आधारमा उल्लेख गर्नुहोस्।

घरदैलो अभियानमा लिखित मात्र नभइ मौखिक रुपमा पनि सुझाव दिन सकिने छ। उहाँले भन्नुभयो, “जनताका लागि घर–घरमा फाराम छोड्दिने र पछि सङ्कलन गर्ने गरी हामीले तयारी गरेका छौं।”

गएको निर्वाचनमा पुराना दल र उम्मेदवारबाट निराश बनेका मतदाता स्वतन्त्र सांसदको विजयसँगै उत्साहित देखिएका थिए। तर, एकातर्फ नयाँ र स्वतन्त्र भनिने सांसदको पनि अवस्था पुरानैको जस्तो हुने हो कि भन्ने महत्वकाङ्क्षा समेत दिनप्रतिदिन बढ्दो छ। चुनावका बेला जनता सामु गरेका प्रतिबद्धता पूरा गर्न सुझाव लिन लागेको ढकाल बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ, “चुनावमा हामीले गरेका प्रतिबद्धता र तपाईंहरुले भने अनुरुप नै काम गछौं भनेर जनतालाई भनेका थियौं बारम्बार जनतासँगै हुन्छौं भनेर। त्यस क्रममा असोज ३ गते गाउँ जाने कार्यक्रम ‘जनआवाज’ भन्ने कार्यक्रम सञ्चालन गरेका थियौं। जनताले दिने सुझाव, खबरदारी त्यसका लागि फाराम बनाएका छौं।”

राजनीतिमा प्रवेश अघि विभिन्न अभियानमा लागेका रास्वपाका उम्मेदवारले लोकप्रिय मत पाउनुको यो पनि एउटा नारा थियो कि चुनावपछि पनि राजनीतिक दल आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्छ।

उहाँले भन्नुभयो, “राजनीतिक सुरु गरिसकेपछि पनि हामी त्यो मान्यतामा अडिग छौं। जनताले हामीलाई दिने सुझावको आधारमा त्यसलाई थप सशक्त बनाउन सकिन्छ”, पुराना राजनीतिक दलले यस्तै कार्यक्रम गरेको भए गल्ती स्वीकार गर्ने कुराहरु सुन्न सक्ने अवस्था पहिले नै आउने थियो भन्ने उहाँको भनाइ पनि छ।

चुनाव अगावैको घरदैलो अभियानले के सन्देश दिन सक्छ भन्ने जिज्ञासामा उहाँले राजनीतिक दल सुधार्नका लागि मद्दत पुग्ने विचार राख्नुभयो।

 उहाँले भन्नुभयो, “पुरानाले गरेनन् भन्ने कुरा पनि होइन अब हामी आफैं राजनीतिमा लागेकाले गर्नुपर्छ। हरुलाई दोष देखाउने, आरोप लगाउनेभन्दा पनि आफूले गर्नुपर्छ। जनताले के सुझाव दिनुहुन्छ, त्यसको आधारमा थप कुरा तय हुन्छ।”

रास्वपाले देशभरका निर्वाचन क्षेत्र समितिको समन्वयमा स्थानीय स्तरमा घरदैलो अभियान सञ्चालन हुने जनाएको छ।

Comments
Share
25
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki