Monday, June 22, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

नेपालकाे यूएईविरुद्ध ८ विकेटको शानदार जीत, आगामी विश्वकपमा स्थान पक्का

Friday, November 3, 2023
नेपालकाे यूएईविरुद्ध ८ विकेटको शानदार जीत, आगामी विश्वकपमा स्थान पक्का
1.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – यूएईविरुद्ध ८ विकेटको शानदार जीत दर्ता गर्दै १० वर्षपछि नेपाल टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ ।

१३५ रनको सामान्य लक्ष्य नेपालले २ विकेटको क्षतिमा १७ बल बाँकी हुँदै पूरा गर्‍यो । आगामी वर्ष वेस्टइन्डिज र अमेरिकामा हुने टी–२० विश्वकप छनोटमा स्थान पक्का गरेको हो ।

काठमाडौँको मूलपानी मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ गर्दा नेपाली स्पीनर चम्किएपछि खेल ‘लो स्कोर’मा समेटिएको थियो ।

Order Cake Order Cake Order Cake

यही ‘लो स्कोरिङ टोटल’लाई घरेलु मैदानमा संयमतापूर्वक पछ्याउँदै नेपालले दोस्रोपटक विश्वकप खेल्ने सपना पूरा गरेको हो ।

यूएईका कप्तान तथा ओपनर मोहम्मद वासिमले आक्रामक शुरूआत गर्दा निर्णायक म्याचमा चुनौतीपूर्ण लक्ष्य पाउने देखिएको थियो । तर, टस हारे पनि स्पीनर हावी भएपछि किफायती बलिङ र संयमतापूर्वक ब्याटिङ गर्दै नेपालले विश्वकप सपना पूरा गर्‍यो । विश्वकपको टिकट पक्का गर्ने क्रममा ५ वटा क्षण निर्णायक रहे ।

तेस्रो ओभरमा रनआउट, वासिमको विकेट

मूलपानी मैदानमा लगातार खेल्न पाएको यूएईले टस जितेर नेपालविरुद्ध आक्रामक शुरूआत गरेको थियो । पहिलो ओभरमा १२, दोस्रो ओभरमा ५ र तेस्रो ओभरमा १२ रन जोडेपछि यूएईले पहिलो तीन ओभरमा २९ रन बनाएर खेललाई उच्च लक्ष्यतर्फ पुर्‍याउने संकेत गरेको थियो । तर, खेलको तेस्रो ओभर नेपालका लागि महत्त्वपूर्ण टर्निङ प्वाइन्ट बन्न पुग्यो ।

३.१ ओभरमा नेपाली बलर सोमपाल कामीले आफ्नै बलमा ओपनर खालिद शाहलाई रनआउट गरे । यही ओभरको चौथो बलमा खतरनाक ओपनर मोहम्मद वासिमलाई सोमपालले करण केसीमार्फत क्याच आउट गराए । वासिमले १६ बलमा २६ रन बनाए । यो ओभरमा यी दुई महत्त्वपूर्ण विकेट निकाल्न सफल भएदेखि नै नेपाल खेलमा फर्किएको थियो ।

सन्दीपको १८ र मल्लको २० औं ओभर

ओपनर आउट भएपछि नेपाली स्पीनरले खेललाई नियन्त्रणमा राखिरहे । ९.६ ओभरमा नेपालका लेग स्पीनर सन्दीप लामिछानेले यूएईका अर्का खतरनाक खेलाडी आशिफ खानको विकेट लिए । त्यसपछि झन् नेपाल खेलमा हावी हुने ठाउँमा पुग्यो ।

ओपनर आउट भएपछि वृत्या अरविन्दले एकपछि अर्को खेलाडीसँग पार्टनरशिप गर्न खोजे पनि साथ पाएनन् । बीचको १२औं ओभरमा कुशल मल्लले एक रन मात्र दिएर यूएईलाई खेलमा जम्न दिएनन् । १३.४ ओभरमा उनै मल्लले वृत्यासँग पार्टनरशिप गरिरहेका अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट क्याच आउट गराए ।

१६ औं ओभरमा कप्तान रोहित पौडेल आफैं बल लिएर आउँदा अलि नासरलाई कुशल भुर्तेलमार्फत आउट गराएका थिए । १७ औं ओभरमा अरविन्दले अभिनाश बोहोरालाई १७ रन हानेर दबाबमा राख्न खोजे । यतिखेरसम्म यूएई १७ ओभरमा ११८ रन जोड्दा ५ विकेटको स्थितिमा थियो ।

तर, १८ औं ओभरको पहिलो बलमै सन्दीपले वासिल हामिदलाई बोल्ड मात्रै गरेनन्, यो ओभरलाई मेडन राख्न सफल भए । १९ औं ओभरमा बोहरोले फेरि ११ रन खाए । यूएई १९ ओभरमा १२९ रन जोड्दा ७ विकेट गुमाउने स्थितिमा पुग्यो ।

सामान्यतः डेथ ओभरमा फास्ट बलर लगाउने अभ्यास छ । तर कप्तान रोहितले जोखिम मोल्दै पार्ट टाइम स्पिनर कुशल मल्ललाई बल थमाए ।

कप्तानले भरोसा गर्दा मल्लले पहिलो बलमै ६४ रन बनाएर खेलिरहेका वृत्यालाई कुशल भुर्तेलमार्फत क्याच आउट गरे ।

यही ओभरको अन्तिम बलमा जुनैद सिद्दिकीलाई रोहित पौडेल र आशिफ शेखले रनआउट गरे । यो महत्त्वपूर्ण ओभरमा दुई विकेट गुमाउँदा यूएईले ५ रन मात्रै जोडेर १३४ रनको लक्ष्य नेपालसामु प्रस्तुत गर्‍यो ।

आाशिफ शेखको फिनिसिङ नक– शुरूबाट अन्तिमसम्म

जवाफी लक्ष्य चुनौतीपूर्ण थिएन । तर, स्पीनरलाई साथ दिएको पिचमा यही लो स्कोरिङ म्याचलाई संयमतापूर्वक पूरा गर्नुपर्ने चुनौती नेपाललाई थियो ।

सदाझैँ ओपनर कुशल भुर्तेल र आशिफ शेखले नेपाललाई राम्रो शुरूआत दिलाए । तीन ओभरमा २६ रन जोड्दा ठूलो शट खेल्ने धुनमा ओपनर भुर्तेल आउट भए ।

आक्रामक शट खेल्न आवश्यक नभए पनि उनी आउट भएपछि नेपाल सम्हालियो । अर्का ओपनर आशिफले संयमतापूर्वक ब्याटिङ गर्दै खराब बलमा बाउन्ड्री लगाए । बीचमा एकदुई रन लिएर बलरलाई निरन्तर दबाब राखिरहे ।

आशिफले तेस्रो नम्बरमा आएका गुल्सन झा र चौथो नम्बरमा आएका कप्तान रोहित पौडेलसँग धैर्यतापूर्वक खेल्दै ओपनिङदेखि जीतसम्म खेललाई पुर्‍याए ।

ठूला शट खेल्न आवश्यक नभएको लक्ष्य र स्पीनरलाई साथ दिएको पिचमा शेखले धैयर्तापूर्वक ५१ बल खेलेर ६४ रन जोडे । यस क्रममा उनले ७ चौका र १ छक्का प्रहार गरे । यही इनिङका कारण उनले प्लेयर अफ द म्याच अवार्ड समेत पाए ।

गुल्सनलाई तीन नम्बरमा पठाउने निर्णय

आक्रामक शट खेलेर ओपनर भुर्तेल आउट भएपछि नेपाल यूएईका वासिम आउट हुँदा जस्तै दबाबमा आउन सक्थ्यो । त्यसैले यसअघिका महत्त्वपूर्ण म्याचमा यूएईविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै आएका गुल्सन झालाई तीन नम्बरमा ब्याटिङ गर्न पठाइयो ।

एकातिर धैर्यतापूर्वक आशिफ र अर्कातिर गुल्सनले पनि संयमता देखाउँदै २४ बलमा २२ रन बनाए । यस क्रममा उनले तीन चौका प्रहार गरे, तर आफ्नो स्वभाव अनुसार छक्काको लागि कुनै जोखिम उठाएनन् ।

उनलाई तीन नम्बरमा पठाएर धैर्यतापूर्वक टिमको रन बढाउन भएको साझेदारी पनि खेलको अर्को टर्निङ प्वाइन्ट बन्यो ।

कप्तानी पारी र परिपक्वता

१३५ रनको लक्ष्य पछ्याउँदा ९.३ ओभरमा गुल्सन आउट भएपछि नेपाल ६७ रन जोड्दा २ विकेटको क्षतिको स्थितिमा थियो ।

यसपछि आक्रामक कुशल मल्ललाई नपठाई कप्तान रोहित पौडेल आफैं मैदानमा ब्याटिङका लागि आए । उनी र शेखले खराब बललाई बाउन्ड्री हान्दै निरन्तर स्ट्राइक रोटेट गरे ।

रनरेट पनि मेन्टेन गर्दै खेलेपछि नेपाल कुनै पनि समय दबाबमा देखिएन । शेखले ६४ रन बनाउँदा कप्तान रोहितले २० बलमा अविजित ३४ रन बनाए, यस क्रममा उनले दुई चौका र दुई छक्का हाने ।

कप्तानी पारी र पिचको अवस्था हेरेर स्पीनरलाई खेलाउने, आफैं बलिङ गर्ने र डेथ ओभरमा मल्ललाई पठाएर विकेट निकाल्ने चातुर्यता देखाउँदा रोहितले हरेक स्थितिमा आफ्नो छाप छाडे । उनको यही भूमिका नेपाललाई १० वर्षपछि विश्वकपको बाटो खुलाउने महत्त्वपूर्ण कारण बन्यो । हालै एसिया कप खेलेको नेपालले अब टेस्ट राष्ट्र समेत सहभागी भएर अर्को वर्ष वेस्ट इन्डिज तथा अमेरिकामा हुने टी–२० विश्वकप खेल्न पाउने भएको छ ।

साथै एसियाली छनोट प्रतियोगिताको उपाधि जित्ने सम्भावना पनि जीवित छ । त्यसका लागि नेपालले आइतवार कीर्तिपुरमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ । ओमान शुक्रवार नै बहराइनलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ ।

Comments
Share
32
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki