काठमाडौँ – नेकपा (एमाले)ले दसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा बुधबार पार्टी कार्यालय च्यासल, ललितपुरमा चियापान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
एमालेले पार्टीका कार्यकर्ताका लागि १२:३० र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि २:३० बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो।







