काठमाडौँ – कोसीमा मुख्यमन्त्रीमा समर्थन गरेका दुवै पक्षका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुनुपर्ने भएको छ ।
कोसीका प्रदेश प्रमुख परशुराम खापुङले सनाखत प्रयोजनका लागि सांसदहरूलाई भोलि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन भनेका छन् । कोसीमा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्छ ।
माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले सत्ता गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा दावी गरेका छन् । त्यसैगरी केदार कार्कीलाई कांग्रेसका आठ र एमालेका ३९ सांसदले समर्थन गरेका छन् । सरकारमा दावी गर्नका लागि प्रदेश प्रमुख खापुङले आज ५ बजेसम्म समय दिएका थिए।
यसरी बनेको नयाँ सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। यदि यो सरकारले विश्वासको मत नपाएमा कोशी प्रदेश स्वत: मध्यावधि निर्वाचनमा जानेछ।
एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए ।







