Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

बिआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड

Sunday, October 8, 2023
बिआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
3.4k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले चीन–नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताउनुभएको छ । आइतवार बिआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्युत् व्यापार नेपालको लागि पहिलो प्राथमिकता नरहेको भन्दै विद्युत् उत्पादनको क्षमता विकास गरी विद्युतीय सामग्रीको प्रयोग बढाउनेतर्फ सरकारले काम गरिरहेको बताउनु भयो ।

उहाँले डिजेल र पेट्रोलको आयात कम गर्न शुरु भइसकेको पनि बताउनु भयो । उहाँले नेपाल सम्पन्न नभइकन नेपालका कुराहरु शक्तिशाली देशलाई सुनुवाइ गर्न कठिन हुने भन्दै उहाँले यसबारेमा आफूले विभिन्न समयमा चीन र भारतका राष्ट्रप्रमुखसँग छलफल गरिसकेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सबैभन्दा पहिला त अर्थतन्त्रमा आत्मनिर्भर हुनुपर्छ । बलियो हुनुपर्छ । त्यसका निम्ति हामीले हाम्रा प्राकृतिक साधन स्रोतको प्रयोग गर्नुपर्छ । अहिले बिजुलीको पनि कुरा आयो, हाम्रो कार्यक्रम देशभित्रै बजुली खपत गर्ने नै हो । विद्युत्को व्यापार गर्ने हाम्रो पहिलो प्राथमिकता होइन । तर हाम्रो क्यापासिटी अहिले विद्युत् खपत गर्ने कति छ ? र हामीले त्यसलाई कसरी विकास गर्ने हो ? अहिले नै हेर्ने हो भने हामी ई.भेइकल भनेर जसरी हामी त्यसलाई प्रोत्साहन गर्दैछौँ र त्यसले डिजेल र पेट्रोलको आयात कम गर्न शुरु भइ नै सकेको छ । सरकारको प्राथमिकता यतापट्टि छ ।’

Order Cake Order Cake Order Cake

प्रधानमन्त्री दाहालले बिआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको पनि बताउनु भयो । उहाँले बिआरआईअन्तर्गतका परियोजना अघि बढाउनका लागि कार्ययोजना बनाएर समयबद्ध कार्यतालिका अनुरुप दुवैका साझा संयन्त्रहरुलाई परिचालन गरी छिटो काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले विगत १० वर्षमा बिआरआईमार्फत मात्र एक हजार अर्ब अमेरिकी डलर भन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलानात्मक रुपमा लगानी भित्र्याउन नसकेको बताउनु भयो । उहाँले नेपालको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने काम सरकारले गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले बिआरआई परियोजनाको सूचि नभइ कार्यान्वनय योग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरी बिआरआई सम्बन्धी विकास निर्माणका परियोजना अघि बढाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगत १० वर्षमा बिआरआईमार्फत मात्र एक हजार अर्ब अमेरिकी डलर भन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलानात्मक रुपमा लगानी भित्र्याउन सकेन । अब हामी छिटै कार्ययोजना बनाएर समयबद्ध कार्यतालिका अनुरुप दुवैका साझा संयन्त्रहरुलाई परिचालन गरी छिटो काम गर्नुपर्ने अवस्था छ र सरकार त्यो दिशामा गम्भीर रुपले अघि बढेको छ ।’

प्रधानमन्त्री दाहालले नेपाललाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो रहेको र विकास निर्माणलाई तिब्र बनाउन थप वाह्य पुँजीको आवश्यकता रहेको बताउनु भयो ।

Comments
Share
74
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki