Sunday, May 31, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

गौतम बुद्ध विमानस्थलको जग्गा व्यक्तिका नाममा दर्ता भएकाे बारेमा अनुसन्धान हुँदै

कान्तिपुर दैनिक

Tuesday, October 3, 2023
गौतम बुद्ध विमानस्थलको जग्गा व्यक्तिका नाममा दर्ता भएकाे बारेमा अनुसन्धान हुँदै
1.3k
VIEWS
Website Development Website Development Website Development

भैरहवा – भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको जग्गा व्यक्तिका नाममा दर्ता भएको विषयमा जिल्ला प्रशासन कार्यालय रूपन्देही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेका छन् ।

विमानस्थलको सातवटा कित्तामा रहेको ४ बिघा १७ कट्ठाभन्दा बढी जग्गा गत वैशाख ८ गते मालपोत कार्यालय भैरहवाले सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराजकान्त मिश्रका नाममा दर्ता गराएको थियो । मिश्रले विमानस्थल आयोजना कार्यालयसँग मुआब्जा मागेपछि धावनमार्गको जग्गा व्यक्तिका नाममा रहेको खुलेको हो ।

सोमबार बसेको जिल्ला मुआब्जा निर्धारण समिति बैठकले पनि उक्त जग्गा दर्ता प्रक्रिया विवादरहित हुन नसकेको ठहर गरेको छ । समितिले जग्गा दर्ताका क्रममा मालपोत कार्यालयको निर्णय प्रक्रिया, अधिकार क्षेत्रलगायत प्रयोग भएका कागजात र निर्णय अध्ययन गरी दर्ता प्रक्रिया विवादरहित नभएको निष्कर्ष निकालेको हो ।

समितिले अख्तियारले पनि छानबिन गरिरहेकाले तत्काल उक्त जग्गाको मुआब्जा उपलब्ध नगराउने निर्णय गरेको छ । ‘उक्त जग्गा दर्ता प्रक्रिया विवादमुक्त रहेको देखिँदैन,’ मुआब्जा निर्धारण समितिका अध्यक्ष रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘यसबारे हामीले छानबिन थालेका छौं । मालपोत कार्यालयबाट पनि स्पष्टीकरण माग गरिएको छ ।’ अख्तियार कार्यालय बुटवलले पनि छानबिन सुरु गरेको प्रजिअ अर्यालले बताए ।

Order Cake Order Cake Order Cake

सातवटा कित्तामा रहेको ४ बिघा १७ कट्ठाभन्दा धेरै जमिन मिश्रले गत वैशाख ८ गते मालपोत कार्यालय भैरहवाबाट आफ्नो नाममा दर्ता गराएका थिए । आफ्नो नाममा आएपछि उनले विमानस्थल आयोजनाको अधिग्रहणमा पहिल्यै परेकाले वैशाख २७ गते आयोजनासमक्ष मुआब्जा उपलब्ध गराइदिन निवेदन दिएका थिए । साविक भुजौली नक्सा सिट नम्बर ९ (ख) का कित्ता नम्बर ७, २९, ३२, ६७, ६८, ९२, ९४ मा रहेको ४ बिघा १७ कट्ठा ६ धुर जमिनमध्ये ७ र ३२ नम्बरको कित्तामा रहेको क्रमशः १४ र १३ कट्ठा जमिन धावनमार्गमा र अन्य कित्ताका जमिन विमानस्थल परिसरमा पर्ने आयोजनाले जनाएको छ ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले मिश्रले मुआब्जा मागका लागि दिएको निवेदन मुआब्जा भुक्तानीका लागि आवश्यक पर्ने कागजातसहित प्रक्रिया पूरा गरेर ल्याएको बताए । निवेदनविरुद्ध स्थानीयले उक्त जग्गाको वास्तविकता दर्शाउँदै अर्को निवेदन दिएपछि यसबारे सोधखोज गरिएको अधिकारीले बताए । ‘उक्त जमिन मिश्रका नाममा दर्ता हुनुअघि नै आयोजनाको अधिग्रहणमा परिसकेको थियो । मालपोत कार्यालयले दर्ता गर्नुपूर्व आयोजनालगायत अन्य सरोकारवाला निकायसँग सोधखोज गरेको पाइएन,’ उनले भने ।

Comments
Share
17
Shares

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki