Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

कांग्रेस महामन्त्री थापा सरकारको कामप्रती असन्तुष्ट, एक्ला एक्लै सरकार चलाउनुपर्ने प्रस्ताव

Monday, October 2, 2023

फाइल तस्बिर

1.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको जवाफदेहितामाथि प्रश्न उठाउँदै माओवादी नेतृत्वको समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । गठबन्धनको सरकारले गरेका काम कार्यवाही प्रति असन्तुष्टि जनाउँदै सरकारबाट कांग्रेस बाहिरीनुपर्ने कुरामा जोड दिए । संयुक्त गठबन्धन सरकारमा जवाफदेही संस्कृति नहुने भएकाले साढे दुई वर्ष मोर्चालाई सरकार चलाउन जिम्मा दिने र पछिको आधा समय कांग्रेस एक्लैले सरकार चलाउनुपर्ने प्रस्ताव थापाले अघि सारेका हुन् ।

थापाले सुशासनको मुद्दालाई सत्तासँग बार्गेनिङ गरेर सम्झौता गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरे । सरकारले सुशासनको क्षेत्रमा कति काम गरेको छ भन्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका उपसभापतिसमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले दिएको अभिव्यक्तिबाटै प्रस्ट भएको थापाले बताए । गुरुङले असोज ८ मा पार्टी बैठकमा सरकारले भ्रष्टाचार काण्डका फाइल अघि बढाउँदा शीर्ष नेताहरू सिंहदरबारमा बसेर रोक्न लागिपरेको बताएका थिए । नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा हिनामिना प्रकरणलगायत भ्रष्टाचार काण्डको फाइल खोलेर सरकार अघि बढ्दा ब्रेक लगाउने काम भएको भन्दै गुरुङले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश पोखेका थिए ।

सुशासन, जनजीविकाका सवालमा सरकारका निर्णय प्रक्रियाले आमनागरिकलाई चिढाएको र त्यसको अपजसको भारी कांग्रेसले बोक्नु परिरहेको परिस्थितिप्रति असन्तुष्टि प्रकट गर्दै थापाले नयाँ अभ्यास थालनीको विषय प्रवेश गराएका हुन् । वैदेशिक रोजगारीमा ठगी, हतियार र अकुत सम्पत्ति आर्जनलगायतका अभियोगमा पक्राउ पर्दै छुट्दै आएका पूर्वसांसद ल्हारक्याल लामाको नियुक्तिदेखि विशेष अवस्थामा कैद माफी दिन सकिने कानुनी व्यवस्थाको दुरुपयोग गर्दै जघन्य अपराधमा संलग्न व्यक्तिलाई समेत कैद मिनाह गर्नेलगायत सरकारका कामकारबाहीप्रति थापासहित कांग्रेसको संस्थापन इतरपक्ष असन्तुष्ट छ । कांग्रेस नेता शेखर कोइराला, केन्द्रीय सदस्य प्रदीप पौडेललगायत नेताले सार्वजनिक रूपमै सरकार बदल्नुपर्ने मुद्दा अघि सारिरहेका बेला थापाले समेत कांग्रेस र समाजवादी मोर्चाले आधा–आधा समय एक्लाएक्लै सरकार चलाउनुपर्ने नयाँ प्रस्ताव अघि सारेका हुन् ।

Order Cake Order Cake Order Cake

राष्ट्रपतिमार्फत पाँच वर्षयता ६ हजार ७२ जनालाई संविधान दिवसका अवसरमा आममाफी दिँदा सबै सरकारले कानुनको दुरुपयोग गरेको थापाले बताए । ‘एउटा पनि सरकार चोखो छैन । नियमावली नै रातारात परिवर्तन गरेको रहेछ । सबैले नियम खराब भयो भन्ने, तर कसले उत्तर दिने ? उनले भने, ‘२०८० सालमा बनेको सरकारले ०८४ सालमा जवाफ दिने एउटा पनि भेटिन्न । ०८३ र ०८२ मा पनि भेटिन्न । सरकार भनेको मुख्य कुरा जवाफदेहिता हो । अब यसरी चल्दैन ।’

थापाले ०८४ मा कसैसँग चुनावी गठबन्धन नहुने पनि प्रस्ट पारेका छन् । ‘भारतमा आफ्नै अभ्यास छ । हाम्रो सन्दर्भमा चुनावी गठबन्धन गर्न हुन्न । यसले प्रजातन्त्रको आत्मलाई मार्छ । चुनावपछि सरकार निर्माणका बेला गठबन्धन बन्न सक्छ । अहिले कोशीमा सरकार नबनाई हुन्न’ थापाले भने, ‘गठबन्धनको नयाँ संस्कृतिबारे अब छलफल गर्नुपर्छ ।’

Comments
Share
11
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki