काठमाडाैँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई कम्पनीका हेलिकप्टरको उडानमा रोक लगाएको छ।
लुक्ला क्षेत्रमा प्रतिकूल मौसममा उडान गर्न नहुने नियम उल्लंघन गर्दै पटक–पटक हेलिकप्टर उडान भरेकाे पाइएपछि आजबाट उडानमा रोक लगाइएको प्रधिकरणले जनाएको छ।
एक सय मिटरभन्दा कम भिजिबिलिटी भएको अवस्थामा समेत ‘भीएफआर’ नियम अवज्ञा गर्दै हेलिकप्टर उडाएपछि श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकप्टरलाई ग्राउन्डेड गरिएको हो।
यस विषयमा भोलिबाट अनुसन्धान सुरु हुने र अनुसन्धानको रिपोर्ट आएपछि मात्रै उडानबारे निर्णय हुने क्यान स्रोतले जानकारी दिएकाे छ।







