काठमाडौँ- चिकित्सकमाथि भएको कुटपिटको घटनाको विरोधमा हेटौँडा अस्पताललगायतका स्वास्थ्य संस्थाहरूको सेवा शुक्रबार बिहानबाट बन्द गरिएको छ।
चिकित्सकहरूमाथि दुर्व्यवहार भएको घटनालाई लिएर सेवा बन्द गरेको जनाएको छ। स्वास्थ्यकर्मीहरुले हेटौँडा अस्पताललगायतका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका हुन्।
हेटौँडा अस्पतालका सूचना अधिकारी राजीव झाले चिकित्सकमाथि भएको दुर्व्यवहार विरोधमा शुक्रबार अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको जानकारी दिए। यता नागरिक अगुवा र मानव अधिकारकर्मीहरुले भने स्वास्थ्य संस्था बन्द गर्नु अमानवीय भएको भन्दै तत्काल वार्ताबाट समाधान खोज्न सुझाव दिएका छन्।
डुङ्गेको लक्षण देखिएर सन्चो अस्पतालमा उपचारका लागि आएका हेटौँडा उपमहानगरपालिका १२ स्थित पदम पोखरीका राजेश प्रधानको चितवनस्थित अस्पतालमा उपचारको क्रममा गत साउन २५ गते मृत्यु भएको थियो। उपचारमा संलग्न स्वास्थ्यकर्मी र अस्पतालको लापरबाहीले प्रधानको मृत्यु भएको भन्दै उनका आफन्तले चिकित्सकमाथि दुर्व्यवहार गरेका थिए।
चिकित्सामाथि कुटपिटमा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले मृतक श्रेष्ठका श्रीमती, छोरा, छोरी र भतिजलाई बिहीबार नै नियन्त्रणमा लिएको छ।







