काठमाडौँ – नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति उपचारका क्रममा उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।
नेम्वाङका दुवै छोरा विदेशमा भएकाले आएपछिमात्रै अन्त्यष्टि गर्ने तयारी छ । अहिले बिहान ७ बजेदेखि पार्टी कार्यालयमा राखिने नेता प्रदिप ज्ञवालीले जानकारी गराएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।
“संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु,” प्रचण्डले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।







