काठमाडौँ – पूर्व राष्ट्रपति रामवरण यादवकाे स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि वीर अस्पताल भर्ना भएका छन्।
उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि उनी वीर अस्पतालको भीआइपी कक्षमा भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए।
पूर्व राष्ट्रपति यादवलाई उपचारका लागि केही दिन अस्पतालमा राखिने अस्पतालले जानकारी दिएको छ । ‘उनको अवस्था स्थिर छ। चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरिरहेको छ। त्यसैले उहाँ थप केही दिन चिकित्सकको निगरानीमा बस्नुहुन्छ’, उपकुलपति बस्नेतले भने।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिएका छन् ।
‘उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताए ।







