Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

माओवादी जनतामा पुग्यो, अब पालुवा फेर्छ : मन्त्री किराती

Sunday, September 3, 2023
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ – मन्त्री  किराँती
3.2k
VIEWS
Website Development Website Development Website Development

मोरङ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेकपा माओवादी केन्द्र कमजोर हुँदा ठूलो राजनीतिक परिवर्तनको बलमा स्थापित उपलब्धिहरू संकटमा परेको बताएका छन्।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहका मन्त्री किरातीले मोरङको बेलबारीमा पार्टीको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले माओवादी कमजोर हुँदा जनयुद्धको बलमा प्राप्त उपलब्धिहरू संकटमा परेको बताएका हुन्।

मन्त्री किरातीले भने, ‘हामी माओवादी कमजोर हुँदा हामीले नै लडेर स्थापित गरेका उपलब्धिहरू संकटमा पर्दै गएका छन् । आदिवासी जनजाति, दलित, मुस्लिम, महिला र उत्पीडित वर्गलाई समाजले पुरानै शैलीमा विभेद गर्न थालेको छ। यसको मूल कारण माओवादी कमजोर हुनु हो।’

Order Cake Order Cake Order Cake

मन्त्री किरातीले जनता नै माओवादीको आधार भएको वास्तविकता बिर्सँदै माओवादीका नेता कार्यकर्ताले जनतासँगको सम्बन्ध कायम गर्न नसक्दा जनता र माओवादीको सम्बन्ध बिग्रेको समेत बताएका छन्।

उनले भने, ‘हामी जरा छोडेर फूलको वासनामा मात्र रमाउन थाल्यौ त्यसैले जनतासँग हाम्रो सम्बन्ध राम्रो हुन सकेन । ०६४ को त्यत्रो ठूलो शक्ति आज ३२ सिटमा खुम्चनु परेको छ । यसको मूल कारण माओवादी आफै हो। जनतासँग सम्बन्ध कायम राख्न नसक्नु हो।’

मन्त्री किरातीले जनतासँग सम्बन्ध सुधार गर्दै जाने हो भने माओवादीले तत्कालै पालुवा फेर्ने र जनताका स्थापित हक अधिकारहरू सुरक्षित गर्न सक्नेसमेत बताएका छन्।

पार्टीले जनतासँग सम्बन्ध सुधार र पार्टी निर्माणकै लागि अभियान सुरु गरेको भन्दै मन्त्री किरातीले पार्टीले अब छिट्टै नै पालुवा फेर्ने र जनताको पक्षमा बलियोसँग काम गर्ने बताए।

मन्त्री किरातीले भने, ‘हामी जनतासँग पुरानै सम्बन्ध सुधार गर्न जनताकै घर आँगनमा पुगेका छौँ। अब जनताको सुख र दुःखमा सँगै हुने छौँ। अब हामीलाई बिग्रने छुट छैन, जनतासँग टाढा हुने छुट छैन त्यसैले अब माओवादीले पालुवा फेर्छ। र, जनताका अधिकारहरू सुरक्षित हुन्छन्।’

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियानलाई जनयुद्धजस्तै महान् र कठोर संघर्ष रहेको भन्दै मन्त्री किरातीले भ्रष्टहरूलाई जेल कोचेर सरकारले देश र जनताका लागि सुशासनको महान् अभियान थालनी गरेको बताए।

मन्त्री किरातीले भने, ‘सत्तामा पुगेर हामीले सानो संघर्ष गरिरहेका छैनौँ। ठूला ठूला भ्रष्टाचार काण्डका फाइलहरू पल्टाएका छौँ । भ्रष्ट नेताहरूलाई जेल कोचिएको छ । नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन तस्करी जस्ता काण्डहरूमा सरकारले चालेको कदम सामान्य छैन। यो सुशासनको लडाइँ हो । यो लडाइँ पनि हामी जनताकै साथ लिएर जित्ने छौँ।’

Comments
Share
87
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki